गीत ७५
“म हाजिर छु। मलाई पठाउनुहोस्”
-
१. दोष दिन्छन् कति याहलाई;
कलङ्कित पार्छन् त्यो नाउँलाई।
कोही लाछी, निष्ठुर भन्छन्;
मूर्ख “ईश्वर छैन!” भन्छन्।
कलङ्क त्यो मेटाउने को?
याहको महिमा गाउने को?
(कोरस १)
‘प्रभु, हाजिर छु! म जान्छु।
भक्त भै गुनगान म गाउँछु।
यत्ति ठूलो सम्मान काँ’ पाउनु;
पठाऊ न, म हाजिर छु!’
-
२. यहोवा लोसे छ भनी;
ठट्टा गर्छ क्यै नठानी।
कोही पूज्छ शिला पत्थर;
याहको ठाउँमा राख्छ सिजर।
ती दुष्टलाई चेताउने को?
युद्धको बिगुल फुक्ने को?
(कोरस २)
‘प्रभु, हाजिर छु! म जान्छु।
डराउँदिनँ म चेताउँछु।
यत्ति ठूलो सम्मान काँ’ पाउनु;
पठाऊ न, म हाजिर छु!’
-
३. धर्मी जन हाल्छन् सुस्केरा;
दुःखी हुन्छन् दुष्ट बढ्दा।
खोज्छन् सत्य सोझो मनले;
साँचो मनोशान्ति दिने।
यिनलाई सान्त्वना दिने को?
सही बाटो देखाउने को?
(कोरस ३)
‘प्रभु, हाजिर छु! म जान्छु;
धीरजी भै म सिकाउँछु।
यत्ति ठूलो सम्मान काँ’ पाउनु;
पठाऊ न, म हाजिर छु!’