गीत ८९
सुनौँ, मानौँ र आशिष् पाऔँ!
-
१. येसुको शिक्षा जीवनको ज्योति हो!
चम्काउँदै के हामी अघि बढ्छौँ?
सुन्दा केवल आनन्द मिले पनि,
पालन गरेमा आशिष् पाउनेछौँ।
(कोरस)
सुनौँ, मानौँ; आशिष् पाऔँ,
याहले आज्ञा गर्दा।
याहको कृपा र खुसी पाउनलाई;
सुनौँ, मानौँ; आशिष् पाऔँ।
-
२. घर बलियो चट्टानमाथि बनेको!
ढाल्दैन आँधी, हुरी, बतासले।
जीवन सुरक्षित येशूमा चलेको;
पोल्दैन दुःख, चिन्ता, फिक्रीले!
(कोरस)
सुनौँ, मानौँ; आशिष् पाऔँ,
याहले आज्ञा गर्दा।
याहको कृपा र खुसी पाउनलाई;
सुनौँ, मानौँ; आशिष् पाऔँ।
-
३. ऋतु ऋतुमा फल दिन्छ है सधैँ;
खोला छेउमा रोपेको बोटैले।
जीवन र आशिष् पाउनेछ प्रशस्तै,
याहको ज्ञानी सन्तान बन्नेले।
(कोरस)
सुनौँ, मानौँ; आशिष् पाऔँ,
याहले आज्ञा गर्दा।
याहको कृपा र खुसी पाउनलाई;
सुनौँ, मानौँ; आशिष् पाऔँ।
(व्यव. २८:२; भज. १:३; हितो. १०:२२; मत्ति ७:२४-२७; लुका ६:४७-४९ पनि हेर्नुहोस्)