सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ९०

एकअर्कालाई प्रोत्साहन देऔँ!

एकअर्कालाई प्रोत्साहन देऔँ!

(हिब्रू १०:२४, २५)

  1. १. याहको सेवा गर्नको लागि

    एकअर्कालाई झकझकाउँदा

    बलियो हुन्छ हाम्रो बन्धन;

    छाउँछ शान्ति र एकता।

    याहका जनबीचको न्यानो प्रेमले

    दिन्छ साहस सहनलाई।

    शरण हो हाम्रो यो मण्डली;

    उपस्थित हुन्छौँ ढुक्क भै।

  2. २. मिल्छ ठूलो सान्त्वना मनलाई,

    सही समयमा बोल्दा।

    प्यारा र वफादार साथीले

    दिन्छन्‌ सधैँ नै सान्त्वना।

    विश्‍वास र आशा एउटै हाम्रो,

    काम गर्छौँ सँगसँगै मिली।

    पार्छौँ बलियो एकअर्कालाई;

    मिलिजुली बोक्दछौँ बोझ।

  3. ३. नजिकै आयो दिन याहको,

    देख्छौँ विश्‍वासको आँखाले।

    भइरहौँ भेला एकै ठाउँमा;

    बचाउँछन्‌ अनि याहले।

    एक हुँदै यहोवाका जनमाझ

    गर्नेछौँ सधैँलाई सेवा।

    दिन्छौँ त्यसैले यो प्रोत्साहन;

    कायम राख्नू आफ्नो निष्ठा।