ख्रीष्टियन जीवन
राम्रो टिप्पणी कसरी दिने?
राम्रो टिप्पणीले मण्डलीको उत्थान गर्छ। (रोमी १४:१९) टिप्पणी दिने व्यक्तिलाई पनि फाइदा हुन्छ। (हितो १५:२३, २८) त्यसैले प्रत्येक सभामा एउटा भए पनि टिप्पणी दिने कोसिस गर्नुपर्छ। हात उठाउँदैमा टिप्पणी दिने मौका पाइन्छ भन्ने छैन। त्यसैले थुप्रै टिप्पणी तयार गर्नु राम्रो हो।
राम्रो टिप्पणी . . .
-
सरल, स्पष्ट र छोटो हुन्छ। प्रायजसो ३० सेकेन्ड वा त्योभन्दा कम समयमै दिन सकिन्छ
-
आफ्नै शब्दमा दिइन्छ
-
पहिल्यै दिइसकेको टिप्पणीलाई दोहोऱ्याउनु होइन
जवाफ दिने पहिलो मौका पाउनुभएको छ भने . . .
-
प्रश्नको सीधा र सरल जवाफ दिनुहोस्
प्रश्नको जवाफ आइसकेको छ भने . . .
-
उल्लिखित पद छलफल गरिएको बुँदासित कसरी सम्बन्धित छ, बताउनुहोस्
-
विषयवस्तुले हाम्रो जीवनलाई कसरी असर गर्छ, उल्लेख गर्नुहोस्
-
उक्त जानकारी कसरी प्रयोग गर्न सक्छौं, व्याख्या गर्नुहोस्
-
मुख्य बुँदा प्रस्ट्याउने छोटो अनुभव सुनाउनुहोस्