अक्टोबर ३-९
हितोपदेश १-६
गीत ३७ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“तेरो सारा भरोसा परमेश्वरमा राख्”: (१० मि.)
[हितोपदेशको परिचय भिडियो देखाउनुहोस्।]
हितो ३:१-४—वफादार प्रेम र विश्वास देखाउनुहोस् (w०० १/१५ पृ. २३-२४)
हितो ३:५-८—यहोवामा पूरा भरोसा राख्नुहोस् (w०० १/१५ पृ. २४)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
हितो १:७—यहोवाको भय मान्नु कसरी “ज्ञानको सुरु” हो? (w०६ १०/१ पृ. ३ अनु. ५; it-2-E पृ. १८०)
हितो ६:१-५—व्यापारिक कारोबारमा कुनै सम्झौता गर्नुअघि हामीले कस्तो बुद्धिमानी कदम चाल्नुपर्छ? (w०० ९/१५ पृ. २५-२६)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) हितो ६:२०-३५
प्रचार गर्ने सीप तिखारौं
यस महिनाको प्रस्तुति तयार पार्नुहोस्: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। नमुना प्रस्तुतिको हरेक भिडियो देखाएपछि मुख्य बुँदाहरू छलफल गर्नुहोस्। सप्ताहन्तको सभामा निम्तो दिने विश्वव्यापी अभियानमा पूरापूर भाग लिन प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्।
ख्रीष्टियन जीवन
गीत १०७
स्थानीय आवश्यकता: (८ मि.) स्थानीय आवश्यकताको लागि कुनै विषय छैन भने वार्षिक पुस्तक (अङ्ग्रेजी) बाट सिकेको कुरा छलफल गर्नुहोस्। (yb१६-E पृ. २५-२७)
सभामा आउनेहरूको भलाइ गर्नुहोस् (हितो ३:२७, NRV): (७ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भन्ने भिडियो देखाउनुहोस् (भिडियोअन्तर्गत हाम्रो सभा र प्रचारकार्य)। त्यसपछि अक्टोबर महिनामा मात्र होइन, हर समय नै राज्यभवनमा कसरी रमाइलो वातावरण बनाइराख्न सक्छौं, सोध्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. २ अनु. १-१२
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १४३ र प्रार्थना