सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

प्रेम साँचो ख्रिष्टियनहरूको चिनारी हो—हामीबीचको अमूल्य एकता जोगाउनुहोस्‌

प्रेम साँचो ख्रिष्टियनहरूको चिनारी हो—हामीबीचको अमूल्य एकता जोगाउनुहोस्‌

यसो गर्नु किन महत्त्वपूर्ण छ: आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात येसुले आफ्ना चेलाहरू “पूर्णतया एकतामा होऊन्‌” भनेर प्रार्थना गर्नुभयो। (युह १७:२३) एकतामा रहनको लागि हामीले प्रेम देखाउनै पर्छ, जसले “खराबीको हिसाब राख्दैन।”—१को १३:५.

हामी कसरी यसो गर्न सक्छौँ?

  • अरूमा राम्रो कुरा खोजेर यहोवाको अनुकरण गर्नुहोस्‌

  • खुला मनले क्षमा दिनुहोस्‌

  • मतभेद सुल्झिसकेपछि त्यो कुरा फेरि नकोट्ट्याउनुहोस्‌।—हित १७:९

‘आपसमा प्रेम गर्नुहोस्‌’—खराबीको हिसाब नराख्नुहोस्‌ भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • भिडियोको पहिलो भागमा, हेलेन बहिनीले ‘खराबीको हिसाब राखेको’ कसरी देखाइन्‌?

  • भिडियोको दोस्रो भागमा, हेलेन बहिनीले कसरी नकारात्मक सोचाइ हटाइन्‌ र सकारात्मक मनोवृत्ति देखाइन्‌?

  • हेलेन बहिनीले कसरी मण्डलीको एकतामा योगदान पुऱ्‍याइन्‌?

खराबीको हिसाब राख्दा हामीले कसलाई सबैभन्दा धेरै पीडा दिइरहेका हुन्छौँ?