सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

प्रेम साँचो ख्रिष्टियनहरूको चिनारी हो—सत्यमा खुसी हुनुहोस्‌

प्रेम साँचो ख्रिष्टियनहरूको चिनारी हो—सत्यमा खुसी हुनुहोस्‌

यसो गर्नु किन महत्त्वपूर्ण छ: येसुको अनुकरण गर्दै हामीले परमेश्‍वरको उद्देश्‍यसम्बन्धी सत्यको साक्षी दिनै पर्छ। (युह १८:३७) साथै, हामी सत्यमा खुसी हुनुपर्छ, मानिसहरूलाई सत्य सुनाउनुपर्छ अनि झूट र कुकर्मले भरिएको संसारमा बाँचिरहेको भए तापनि सत्य कुराहरूबारे विचार गरिरहनुपर्छ।—१को १३:६; फिलि ४:८.

हामी कसरी यसो गर्न सक्छौँ:

  • कसैले अरूको निन्दोचर्चो गर्दा हामीले सुन्‍नु हुँदैन अनि आफैले पनि कसैको निन्दोचर्चो गर्नु हुँदैन।—१थि ४:११

  • अरूमाथि दुःख आइपर्दा हामी खुसी हुनु हुँदैन

  • हाम्रो बोली सकारात्मक अनि प्रोत्साहनदायी हुनुपर्छ

‘आपसमा प्रेम गर्नुहोस्‌’—कुकर्ममा होइन, सत्यमा खुसी हुनुहोस्‌ भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • बबी बहिनी कुन अर्थमा “कुकर्ममा खुसी” भइरहेकी थिइन्‌?

  • एलिना बहिनीले कसरी बबी बहिनीसितको कुराकानीलाई सकारात्मक दिशातर्फ मोडिन्‌?

  • हामी एक-अर्कासित के-कस्ता राम्रा विषयहरूमा कुरा गर्न सक्छौँ?

कुकर्ममा होइन, सत्यमा खुसी हुनुहोस्‌