सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

युवाहरू हो—के यहोवा तपाईँको सबैभन्दा घनिष्ठ साथी हुनुहुन्छ?

युवाहरू हो—के यहोवा तपाईँको सबैभन्दा घनिष्ठ साथी हुनुहुन्छ?

तपाईँ साथीमा कस्ता गुणहरू भएको चाहनुहुन्छ? तपाईँ तिनी वफादार, दयालु र उदार भएको चाहनुहुन्छ होला। यहोवा त्यस्तै हुनुहुन्छ। (प्रस्थ ३४:६; प्रे १४:१७) उहाँ तपाईँको प्रार्थना सुन्‍नुहुन्छ। तपाईँ खाँचोमा पर्दा उहाँ मदत गर्नुहुन्छ। (भज १८:१९, ३५) उहाँ तपाईँको गल्ती क्षमा गर्नुहुन्छ। (१यु १:९) यहोवा कत्ति असल साथी हुनुहुन्छ!

तपाईँ कसरी यहोवाको साथी बन्‍न सक्नुहुन्छ? उहाँको वचन पढेर उहाँबारे सिक्नुहोस्‌। आफ्नो मनको बह उहाँलाई पोखाउनुहोस्‌। (भज ६२:८; १४२:२) यहोवाले अनमोल ठान्‍नुहुने कुराहरूलाई तपाईँ पनि अनमोल ठान्‍नुहुन्छ भनेर देखाउनुहोस्‌। जस्तै: उहाँको छोरा, उहाँको राज्य र भविष्यको लागि उहाँले गर्नुभएको प्रतिज्ञाहरू। उहाँबारे अरूलाई बताउनुहोस्‌। (व्य ३२:३) यहोवासित घनिष्ठ मित्रता गाँस्नुभयो भने उहाँ सधैँभरि तपाईँको साथी हुनुहुनेछ।—भज ७३:२५, २६, २८.

युवाहरू हो—“चाखेर हेर, यहोवा कत्ति भलो हुनुहुन्छ” भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • तपाईँ समर्पण र बप्तिस्माको लागि कसरी तयारी गर्न सक्नुहुन्छ?

  • मण्डलीको अरू सदस्यहरूले तपाईँलाई यहोवाको सेवा गर्न कस्तो मदत दिन सक्छन्‌?

  • क्षेत्र सेवामा भाग लिँदा यहोवासितको तपाईँको सम्बन्ध कसरी बलियो हुन्छ?

  • यहोवासितको तपाईँको मित्रता सधैँभरि रहन सक्छ!

    तपाईँ सेवाका अरू कुन-कुन पक्षमा भाग लिन सक्नुहुन्छ?

  • तपाईँलाई यहोवाको कुन गुण मन पर्छ?