ख्रिष्टियन जीवन
नोभेम्बर महिनामा परमेश्वरको राज्यबारे विज्ञापन गर्ने विशेष अभियान
येसुले “परमेश्वरको राज्यको सुसमाचार” सुनाउनुभयो। (लुका ४:४३) उहाँले मानिसहरूलाई त्यस राज्यको लागि प्रार्थना गर्न पनि सिकाउनुभयो। (मत्ति ६:९, १०) नोभेम्बर महिनामा हामी परमेश्वरको राज्यबारे विज्ञापन गर्न अथक प्रयास गर्नेछौँ। (मत्ति २४:१४) यस अभियानमा पूरापूर भाग लिन आफ्नो तालिका मिलाउनुहोस्। सहायक अग्रगामी सेवा गर्नेहरूले ३० घण्टा गर्ने वा ५० घण्टा गर्ने भनेर छनौट गर्न सक्छन्।
आफ्नो इलाकाका धेरैभन्दा धेरै मानिसहरूलाई परमेश्वरको राज्यबारे उल्लेख गरिएको शास्त्रपद देखाउनुहोस्। शास्त्रपद रोज्दा मानिसहरूको धार्मिक आस्था विचार गर्नुहोस्। पहिलो भेटमा कसैले चासो देखाएमा तिनलाई प्रहरीधरहरा जनसंस्करण सङ्ख्या २, २०२० दिनुहोस्। त्यसपछि तिनलाई सकेसम्म छिटो पुनःभेट गर्नुहोस् र शिक्षण सामग्रीबाट कुनै प्रकाशन चलाएर बाइबल अध्ययन सुरु गर्न प्रयास गर्नुहोस्। परमेश्वरको राज्यले सबै विरोधी सरकारलाई चकनाचुर पार्ने समय सँघारमै छ। (दा २:४४; १को १५:२४, २५) त्यसैले यहोवा र उहाँको राज्यलाई पूर्ण समर्थन गरेको देखाउन यस सुअवसरमा पूरापूर भाग लेऔँ!