ख्रीष्टियन जीवन
प्रचारकार्यमा अझै उन्नति गर्ने—बाइबल विद्यार्थीलाई समर्पण र बप्तिस्मासम्म पुग्न मदत गर्नुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ?: यहोवाको अनुमोदन पाउन बाइबल विद्यार्थीले उहाँमा समर्पण र बप्तिस्मा गर्नै पर्छ। (१प ३:२१) समर्पणअनुसार जीवन बिताउनेहरूले आध्यात्मिक सुरक्षा पाउन सक्छन्। (भज ९१:१, २) ख्रीष्टियनहरूले कुनै मानिस, काम वा सङ्गठनप्रति नभई यहोवाप्रति समर्पण गर्छन्। त्यसैले विद्यार्थीहरूले परमेश्वरप्रति प्रेम र कृतज्ञ मनोभाव विकास गरेको हुनुपर्छ।—रोमी १४:७, ८.
हामी कसरी यसो गर्न सक्छौं?
-
अध्ययन गर्दै गरेको विषयले यहोवाबारे के बताउँछ, अध्ययनको दौडान छलफल गर्नुहोस्। दिनहुँ बाइबल पढ्नुपर्ने र यहोवालाई “निरन्तर” प्रार्थना गर्नुपर्ने कुरालाई जोड दिनुहोस्।—१थि ५:१७; या ४:८
-
समर्पण र बप्तिस्मालाई आफ्नो आध्यात्मिक लक्ष्य बनाउन बाइबल विद्यार्थीलाई प्रोत्साहन दिनुहोस्। साथै अहिल्यै हासिल गर्न सक्ने लक्ष्य राख्न मदत दिनुहोस्, जस्तै:- सभामा टिप्पणी गर्ने वा छिमेकी र सहकर्मीलाई साक्षी दिने। याद गर्नुहोस्, यहोवा कसैलाई पनि उहाँको सेवा गर्न जबरजस्ती गर्नुहुन्न। समर्पण व्यक्तिगत निर्णय हो।—व्य ३०:१९, २०
-
यहोवालाई खुसी बनाउन र बप्तिस्माको लागि योग्य हुन विद्यार्थीलाई आवश्यक छाँटकाँट गर्न प्रोत्साहन दिनुहोस्। (हितो २७:११) बाइबल विद्यार्थीमा कुनै खास बानी वा स्वभावले जरा गाडेको हुन सक्छ, त्यसैले पुरानो व्यक्तित्वलाई हटाएर नयाँ व्यक्तित्व धारण गर्न तिनलाई निरन्तर मदत दिनुपर्ने हुन सक्छ। (एफि ४:२२-२४) प्रहरीधरहरा-को “बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” भन्ने लेखहरू विद्यार्थीसँग छलफल गर्नुहोस्।
-
यहोवाको सेवा गर्दा तपाईंले अनुभव गर्नुभएको आनन्दबारे विद्यार्थीलाई बताउनुहोस्।—यशै ४८:१७, १८