सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

सत्य सिकाउनुहोस्

सत्य सिकाउनुहोस्

सेप्टेम्बर महिनादेखि जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-मा “सत्य सिकाउनुहोस्” शीर्षकको नयाँ नमुना प्रस्तुति समावेश गरिनेछ। यसको उद्देश्य प्रश्न र बाइबल पद प्रयोग गरेर मानिसहरूलाई बाइबलको आधारभूत सत्य सिकाउनु हुनेछ।

घरधनीले चासो देखाएमा अर्को भेटको लागि बाटो तयार पार्न कुनै प्रकाशन दिन सक्छौं वा jw.org बाट कुनै भिडियो देखाउन सक्छौं। छलफललाई अघि बढाउन केही दिनभित्रै फेरि भेट्‌ने कोसिस गर्नुपर्छ। नयाँ नमुना प्रस्तुति र विद्यार्थीको असाइनमेन्ट बाइबलले सिकाउँछ किताबमा आधारित हुनेछ। बाइबल मात्र प्रयोग गरेर पुनःभेट वा बाइबल अध्ययन सञ्चालन गर्न मदत गर्ने थप बाइबल पदहरू हरेक अध्यायको अन्तमा भएको पेटीमा पाउँछौं।

जीवनतर्फ डोऱ्याउने बाटो एउटा मात्रै छ। (मत्ती ७:१३, १४) हामीले विभिन्न धर्म र पृष्ठभूमिका मानिसहरूसँग कुरा गर्ने भएकोले प्रत्येक व्यक्तिको मन छुने गरी बाइबल सत्य सिकाउनुपर्छ। (१ति २:४) बाइबलको विभिन्न विषयमा अझ राम्ररी परिचित हुँदा र “सत्यको वचन ठीकसित प्रयोग गर्ने” सीप तिखार्दै जाँदा हामी अझ धेरै आनन्दित हुनेछौं अनि अरूलाई सत्य सिकाउन सक्नेछौं।—२ति २:१५.