सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

येशू तपाईँको भाइको निम्ति पनि मर्नुभयो

येशू तपाईँको भाइको निम्ति पनि मर्नुभयो

येशूले त्रुटिपूर्ण मानिसहरूको निम्ति आफ्नो जीवन दिनुभयो। (रोमी ५:८) यसरी हाम्रो लागि आफ्नो जीवन दिएर हामीलाई प्रेम देखाउनुभएकोमा हामी उहाँप्रति कृतज्ञ छौँ। तर कहिलेकाहीँ हामीले येशू हाम्रो ख्रीष्टियन दाजुभाइ दिदीबहिनीको निम्ति पनि मर्नुभएको थियो भनेर बिर्सन सक्छौँ। हामी कसरी आफूजस्तै त्रुटिपूर्ण दाजुभाइ दिदीबहिनीलाई ख्रीष्टको जस्तो प्रेम देखाउन सक्छौँ? तीन वटा तरिका विचार गर्नुहोस्‌। पहिलो, हामी आफ्नो भन्दा फरक पृष्ठभूमि भएका दाजुभाइ दिदीबहिनीलाई साथी बनाउन सक्छौँ। (रोमी १५:७; २को ६:१२, १३) दोस्रो, आफ्नो बोली र व्यवहारद्वारा अरूको चित्त दुखाउनदेखि हामी होसियार हुन सक्छौँ। (रोमी १४:१३-१५) तेस्रो, कसैले हाम्रो विरुद्धमा पाप गर्दा हामी तुरुन्तै क्षमा दिन सक्छौँ। (लूका १७:३, ४; २३:३४) यी तरिकाहरू लागू गरेर येशूको अनुकरण गर्न कडा प्रयास गऱ्‍यौँ भने यहोवाले मण्डलीमा आशिष्‌ दिइरहनुहुनेछ अनि मण्डलीमा शान्ति र एकता छाउनेछ।

असल ख्रीष्टियन बन्‍नुहोस्‌! भन्‍ने भिडियो हेर्नुहोस्‌ र निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • मिकी बहिनीलाई सुरुमा आफ्नो मण्डली कस्तो लाग्थ्यो?

  • के कारणले गर्दा उनको सोचाइमा परिवर्तन आयो?

  • आफ्नो सोचाइ छाँटकाँट गर्न मिकीलाई येशूको उदाहरणले कसरी मदत गऱ्‍यो? (मर्कू १४:३८)

  • हितोपदेश १९:११ ले सङ्‌गी ख्रीष्टियनहरूप्रति सकारात्मक दृष्टिकोण राख्न कसरी मदत गर्छ?