ख्रीष्टियन जीवन
लूतकी पत्नीलाई सम्झनुहोस्
सदोमबाट भाग्दै गर्दा लूतकी पत्नीले किन पछाडि फर्केर हेरिन्? बाइबलले यसबारे केही बताएको छैन। (उत्प १९:१७, २६) येशूले दिनुभएको यस चेतावनीको प्रसङ्गलाई विचार गर्ने हो भने सायद लूतकी पत्नीले आफूले छोडेर आएका कुराहरू सम्झेकी थिइन् भन्ने कुरा थाह पाउँछौँ। (लूका १७:३१, ३२) लूतकी पत्नीले जस्तो यहोवाको अनुमोदन नगुमाउने हो भने हामीले के गर्नुपर्छ? हामीले भौतिक सुखसुविधा हासिल गर्ने कुरालाई पहिलो स्थान दिनु हुँदैन। (मत्ती ६:३३) येशूले हामी “परमेश्वर र धनसम्पत्ति दुवैको दास बन्न सक्दैनौ” भनेर सिकाउनुभयो। (मत्ती ६:२४) तर यदि भौतिक कुराहरूले हामीले आध्यात्मिक कुराहरूलाई दिनुपर्ने समय खाइरहेको चाल पायौँ भने के गर्न सक्छौँ? आफूले छाँटकाँट गर्नुपर्ने कुराहरू थाह पाउन समझ दिनुहोस् र छाँटकाँट गर्नको लागि आवश्यक बल र साहस दिनुहोस् भनेर हामी यहोवालाई प्रार्थना गर्न सक्छौँ।
लूतकी पत्नीलाई सम्झनुहोस् भन्ने तीन भागको भिडियो याद गर्दै निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
धेरै पैसा कमाउने दबाबले रियाको सोचाइ, बोली र व्यवहारमा कस्तो असर गऱ्यो?
-
लूतकी पत्नी आज हाम्रो लागि किन चेतावनीमूलक उदाहरण हुन्?
-
बाइबल सिद्धान्तहरू लागू गर्दा जोन र तिनको परिवारले कस्तो मदत पाए?
-
काम गर्ने ठाउँका साथीहरूसितको सङ्गतले जिनालाई आध्यात्मिक रूपमा कस्तो असर गऱ्यो?
-
पैसालाई जीवनमा पहिलो स्थान दिने दबाबको सामना गर्न हामीलाई किन साहस चाहिन्छ?
-
ब्रायन र रियाले आध्यात्मिक कुराहरूलाई पुनः पहिलो स्थान दिन के गरे?
-
यस भिडियोमा कुन-कुन बाइबल सिद्धान्तहरूलाई जोड दिइएको तपाईँले याद गर्नुभयो?