सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

यहोवालाई प्रेम गर्नेहरूसित सङ्‌गत गर्नुहोस्‌

यहोवालाई प्रेम गर्नेहरूसित सङ्‌गत गर्नुहोस्‌

हामीले किन यहोवालाई प्रेम गर्नेहरूसित सङ्‌गत गर्नुपर्छ? किनभने सङ्‌गतले हामीलाई या त सकारात्मक या नकारात्मक असर गर्छ। (हित १३:२०) उदाहरणको लागि, राजा यहोआसले जबसम्म प्रधानपुजारी यहोयादासित सङ्‌गत गरे, तबसम्म तिनले “यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरिरहे।” (२इ २४:२) यहोयादाको मृत्युपछि खराब सङ्‌गतमा लागेकोले तिनले यहोवालाई त्यागे।—२इ २४:१७-१९.

इस्वी संवत्‌ प्रथम शताब्दीमा प्रेषित पावलले ख्रिष्टियन मण्डलीलाई “ठूलो घर” र मण्डलीका सदस्यहरूलाई “भाँडाहरू”-सित वा घरायसी सरसामानसित तुलना गरे। यहोवालाई मन नपर्ने काम गर्ने व्यक्‍तिहरू, चाहे परिवारका सदस्य होऊन्‌ या मण्डलीका, तिनीहरूसित सङ्‌गत गरेनौँ भने हामी “आदरणीय प्रयोगका लागि छुट्ट्याइएको . . . भाँडा” हुनेछौँ। (२ति २:२०, २१) त्यसैले यहोवालाई प्रेम गर्ने र उहाँको सेवा गर्न हामीलाई प्रोत्साहन दिनेहरूलाई साथी बनाऔँ।

खराब सङ्‌गतलाई तिरस्कार गर्नुहोस्‌ भन्‍ने भिडियो हेर्नुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • हामी कसरी चालै नपाई खराब सङ्‌गतमा फस्न सक्छौँ?

  • यस भिडियोमा देखाइएझैँ खराब सङ्‌गतलाई तिरस्कार गर्न तीन जना ख्रिष्टियनलाई केले मदत गऱ्‍यो?

  • बुद्धिमानीपूर्वक साथी रोज्न कस्ता बाइबल सिद्धान्तहरूले तपाईँलाई मदत गर्छ?

के म “आदरणीय प्रयोगका लागि छुट्ट्याइएको . . . भाँडा” हुँ?—२ति २:२१