सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | अय्यूब २१-२७

अय्यूबले गलत सोचाइ राखेनन्‌

अय्यूबले गलत सोचाइ राखेनन्‌

सैतान झूटको सहारा लिएर यहोवाका सेवकहरूलाई निराश बनाउन खोज्छ। अय्यूबको किताबमा सैतानले यहोवालाई झूटो आरोप लगाएको कुरा पाउँछौं। तर यहोवा वास्तवमा कस्तो हुनुहुन्छ भन्ने कुरा पनि पाउँछौं। तल दिइएको भिन्नताबारे विचार गर्नुहोस्। यहोवा हाम्रो ख्याल राख्नुहुन्छ भनेर प्रमाणित गर्ने थप शास्त्रपदहरू खाली ठाउँमा लेख्नुहोस्।

सैतानको झूट

यहोवाको सोचाइ

यहोवा आफ्ना सेवकहरूबाट धेरै माग गर्नुहुन्छ। उहाँलाई खुसी पार्न जे गरे पनि उहाँको चित्त बुझ्दैन (अय्यू ४:१८; २५:५)

मानिसले गर्ने सानोभन्दा सानो प्रयासको पनि उहाँ कदर गर्नुहुन्छ (अय्यू ३६:५)

परमेश्वरको नजरमा मानिस बेकार छ (अय्यू २२:२)

मनैदेखि गरेको उपासना यहोवा स्विकार्नुहुन्छ अनि आशिष्‌ दिनुहुन्छ (अय्यू ३३:२६; ३६:११)

मानिसले जति नै असल काम गरे पनि यहोवालाई त्यसको कुनै वास्ता छैन (अय्यू २२:३)

यहोवा असल काम गर्ने मानिसहरूको सधैं ख्याल राख्नुहुन्छ (अय्यू ३६:७, NRV)