सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रचार गर्ने सीप तिखारौं

अधिवेशनको निम्तो बाँड्‌ने अभियान

अधिवेशनको निम्तो बाँड्‌ने अभियान

हामी हरेक वर्ष उत्सुकतासाथ अधिवेशनको प्रतीक्षा गर्छौं। अधिवेशनमा आध्यात्मिक भोजनबाट लाभ उठाउने आशा गर्छौं। अरूले पनि यहोवा भलो हुनुहुन्छ भनेर बुझून्‌ भन्ने चाहन्छौं। (भज ३४:८) त्यसैले धेरैभन्दा धेरै मानिसलाई कार्यक्रममा उपस्थित हुन निम्तो दिन्छौं। निम्तोपर्चीको सदुपयोग कसरी गर्ने भनेर एल्डरहरूको निकायले छलफल गर्छ।

सम्झनुपर्ने कुरा

  • अधिवेशन हुने मिति

  • अभियान सुरु हुने मिति

  • क्षेत्र सेवाको सभा हुने दिन

  • अभियानको लागि मेरो लक्ष्य

  • क-कसलाई निम्तो दिने

तपाईं के भन्न सक्नुहुन्छ?

अभिवादन गरेपछि यस्तै केही भन्न सक्नुहुन्छ:

“एउटा विशेष कार्यक्रम हुँदै छ। त्यसको लागि निम्तो दिंदै छौं। मिति, समय र ठेगाना यस पर्चीमा दिइएको छ। तपाईं पनि आउनुहोस् न, है।”

चासो कसरी कायम राख्न सकिन्छ?

हुन त हामी धेरैभन्दा धेरै मानिसलाई निम्तो दिन्छौं। तर चासो देखाउनेहरूलाई पुनःभेट गर्नु पनि आवश्यक छ।

सप्ताहन्तमा निम्तोपर्चीसँगै पत्रिका पनि दिन सक्नुहुन्छ।