सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नमुना प्रस्तुति

नमुना प्रस्तुति

ब्यूँझनुहोस्!

प्रश्न: आजकल, फिल्महरू अनि टिभी कार्यक्रमहरूमा प्रायजसो पिशाच, बोक्सी र भ्याम्पायरजस्ता अलौकिक पात्रहरूको चर्चा गरिएको पाइन्छ। तपाईंलाई कस्तो लाग्छ? यस्तो कुरा हेर्नु भनेको रमाइलो मात्र हो कि खतरा पनि छ?

अन्तमा: यस अङ्‌कको ब्यूँझनुहोस्!-मा मानिसहरू किन अलौकिक शक्तिमा चासो दिन्छन्‌ अनि यसको पछाडि कसको हात छ भन्नेबारे बताएको छ।

सत्य सिकाउनुहोस्

प्रश्न: यस संसारको समस्या परमेश्वरको राज्यले कसरी समाधान गर्नेछ?

बाइबल पद: मत्ती ६:१०

सत्य: परमेश्वरको राज्यले स्वर्गमा जस्तै यस पृथ्वीमा पनि शान्ति, सुरक्षा र मेलमिलाप स्थापना गर्नेछ।

परमेश्वरको राज्य के हो? (पुनःभेट)

प्रश्न: [पर्चापछाडि भएको “यसबारे सोच्नुहोस्” भन्ने प्रश्न देखाउनुहोस्] परमेश्वरको राज्यमा हाम्रो जीवन कस्तो हुनेछ?

बाइबल पद: भज ३७:२९; यशै ६५:२१-२३

अन्तमा: [सुसमाचार! पुस्तिका देखाउनुहोस्] यी प्रतिज्ञाहरूले तपाईं-हामीलाई कस्तो फाइदा पुऱ्याउँछ, यस पुस्तिकाको पाठ ७ मा छलफल गरिएको छ। [पुस्तिका चलाएर बाइबल अध्ययन सुरु गर्नुहोस्]

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्।