सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

निष्क्रियहरूलाई प्रोत्साहन दिन सक्नुहुन्छ कि?

निष्क्रियहरूलाई प्रोत्साहन दिन सक्नुहुन्छ कि?

अप्रिल ११, मङ्‌गलबारको साँझ थुप्रै निष्क्रिय व्यक्तिहरू स्मरणार्थ उत्सवमा उपस्थित हुनेछन्‌। तिनीहरूले कुनै समय जीवनको दौड सुरु गरेको भए तापनि अहिले विभिन्न कारणले सुस्ताएका हुन सक्छन्‌। त्यसमध्ये केही कारण यहोवातर्फ फर्कनुहोस् (अङ्‌ग्रेजी) भन्ने किताबमा पनि बताइएको छ। (हिब्रू १२:१) तर निष्क्रियहरू यहोवाको नजरमा अनमोल नै रहिरहन्छन्‌। किनभने उहाँले तिनीहरूलाई आफ्नो प्यारो छोराको रगतद्वारा किन्नुभएको हो। (प्रे २०:२८; १प १:१८, १९) त्यसोभए, निष्क्रियहरूलाई मण्डलीमा फर्कन हामी कसरी मदत गर्न सक्छौं?

आफ्नो बगालबाट तर्केर गएका भेडालाई गोठालोले जसरी धुइँधुइँती खोज्छन्‌, त्यसरी नै मण्डलीका एल्डरहरूले पनि निष्क्रियहरूलाई लगनशील भएर खोज्छन्‌ र मदत गर्छन्‌। (लूका १५:४-७) यसो गर्दा यहोवाको माया झल्किन्छ। (यर्मि २३:३, ४) के यस्तो जिम्मेवारी एल्डरहरूको मात्र हो? होइन। यो जिम्मेवारी हामी सबैको हो, हामी सबैले तिनीहरूलाई प्रोत्साहन दिन सक्छौं। हामी दयालु र अरूप्रति विचारशील हुँदा यहोवालाई खुसी पारिरहेका हुन्छौं र असल इनाम पनि पाउन सक्छौं। (हितो १९:१७; प्रे २०:३५) त्यसैले तपाईं क-कसलाई प्रोत्साहन दिन सक्नुहुन्छ, मनन गर्नुहोस् अनि मदतको हात अघि बढाउनुहोस्!

निष्क्रियहरूलाई प्रोत्साहन दिनुहोस् भन्ने भिडियो देखाउनुहोस्, त्यसपछि निम्न प्रश्नहरू छलफल गर्नुहोस्:

  • अबीले आफूले नचिनेको साक्षीलाई भेट्‌दा कस्तो कदम चालिन्‌?

  • निष्क्रियहरूलाई मदत गर्न चाहन्छौं भने हामीले किन सुरुमा एल्डरहरूलाई बताउनुपर्छ?

  • अबीले दोस्रो पल्ट लोरालाई भेट्‌न कस्तो तयारी गरिन्‌?

  • अबीले लोरालाई प्रोत्साहन दिंदा लगनशील प्रयास गरेको, धीरजी भएको र प्रेम गरेको कुरा कसरी देखाइन्‌?

  • येशूले बताउनुभएको लूका १५:८-१० को दृष्टान्तबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

  • सबै जना मिलेर लोरालाई मदत गर्दा कस्तो आशिष्‌ प्राप्त भयो?