सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

राज्य गीतले साहस बढाउँछ

राज्य गीतले साहस बढाउँछ

पावल र सिलासले झ्यालखानामा हुँदा परमेश्वरको स्तुतिगान गाएका थिए। (प्रे १६:२५) आधुनिक समयका ख्रीष्टियन दाजुभाइ दिदीबहिनीहरूले नाजी जर्मनीको साक्सेनहाउसेन यातना शिविरमा र साइबेरियाको निर्वासनमा पर्दा राज्य गीत गाएका थिए। यी उदाहरणहरूले राज्य गीतले गाह्रो अवस्थाको सामना गर्नुपर्दा साहस बढाउँछ भन्ने कुरा स्पष्ट पार्छ।

अब चाँडै नै अरू भाषाहरूमा पनि यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’ (अङ्‌ग्रेजी) विषयको नयाँ किताब उपलब्ध हुनेछ। हामी सबैले आफ्नो लागि एक-एक प्रति पाएपछि पारिवारिक उपासनाको बेला अभ्यास गरेर यसका शब्दहरू आफ्नो मनमा राख्न सक्छौं। (एफि ५:१९) यसो गर्दा गाह्रो अवस्थाको बेला पवित्र शक्तिले राज्य गीत सम्झन मदत गर्नेछ। राज्य गीतले हामीलाई आशामा ध्यान केन्द्रित गर्न मदत गर्छ। हामीलाई गाह्रो अवस्थामा साहसी हुन पनि यसले मदत गर्छ। अनि हाम्रो मन खुसी छ भने गीतमा चलाइएका प्रोत्साहनदायी शब्दहरू याद गर्दै हामी ‘हर्षका’ साथ गीत गाउन सक्नेछौं। (१इ १५:१६; भज ३३:१-३) त्यसैले राज्य गीतको पुरापुर फाइदा उठाऔं!

श्रमिकहरूलाई हौसला दिएको एउटा गीत भन्ने भिडियो देखाउनुहोस् अनि निम्न प्रश्नहरू छलफल गर्नुहोस्:

  • कस्तो अवस्थाको कारण भाइ फ्रस्टले गीत रच्नुभयो?

  • साक्सेनहाउसेन यातना शिविरमा राज्य गीतले भाइबहिनीहरूको साहस कसरी बढायो?

  • दैनिक जीवनमा आइपर्ने कस्ता कुराहरू सामना गर्न राज्य गीतले हामीलाई मदत गर्छ?

  • तपाईं कुन राज्य गीत कण्ठ पार्न चाहनुहुन्छ?