सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

न्यानो स्वागत गर्नुहोस्

न्यानो स्वागत गर्नुहोस्

तर कसलाई? हाम्रो सभामा उपस्थित हुने सबैलाई। सभामा पहिलो पटक उपस्थित हुने व्यक्ति होस् वा वर्षौंदेखि सभा आइरहनु भएका दाजुभाइ दिदीबहिनी होस्, हामीले सबैलाई न्यानो स्वागत गर्नुपर्छ। (रोमी १५:७; हिब्रू १३:२) यसमा अर्कै देशबाट घुम्न आएका ख्रीष्टियन दाजुभाइ दिदीबहिनीहरू वा वर्षौंपछि पहिलो पटक सभामा आएका निष्क्रिय प्रकाशकहरू पनि पर्छन्‌। कल्पना गर्नुहोस्, तपाईंलाई न्यानो स्वागत गरिंदा कस्तो महसुस हुन्छ? पक्कै पनि तपाईं त्यसको कदर गर्नुहुन्छ नि, हैन र? (मत्ती ७:१२) त्यसो भए सभा सुरु हुनुअघि र सभा सकिएपछि अरूलाई स्वागत गर्न राज्यभवनमा उपस्थित हुने प्रयास गरे कसो होला? यसो गर्दा सभामा न्यानो र मायालु वातावरण छाउनेछ र यहोवाको महिमा हुनेछ। (मत्ती ५:१६) हुन त उपस्थित सबै जनासित एक-एक गर्दै भेट्‌न सम्भव छैन होला। तर हामीले आफ्नो जिम्मेवारी पूरा गर्दा उपस्थित सबैले न्यानो स्वागत गरिएको महसुस गर्नेछन्‌। *

साँचो अतिथि-सत्कार विशेष अवसरमा मात्र होइन, भनौं स्मरणार्थको दिनमा मात्र होइन, हरसमय हुनुपर्छ। सभामा आउने नयाँ व्यक्तिले हामीमा भएको ख्रीष्टियन प्रेम देखे अनि अनुभव गरे भने तिनीहरू पनि यहोवाको प्रशंसा गर्न र हामीसितै मिलेर यहोवाको उपासना गर्न उत्प्रेरित हुनेछन्‌।—यूह १३:३५.

^ अनु. 3 बहिष्कृत वा परित्याग भएका कुनै व्यक्ति मण्डलीमा उपस्थित हुन्छन्‌ भने हामी उनीहरूसित बाइबलमा दिइएको सिद्धान्तअनुसार व्यवहार गर्छौं।—१को ५:११; २यू १०.