अप्रिल २३-२९
मर्कूस ३-४
गीत ७७ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“विश्राम-दिनमा निको पार्ने”: (१० मि.)
मर्कू ३:१, २—यहूदी धर्मगुरुहरू येशूलाई दोष लगाउन बहाना खोजिरहेका थिए (jy-E पृ. ७८ अनु. १-२)
मर्कू ३:३, ४—विश्राम-दिनसम्बन्धी दिइएको नियमप्रति धर्मगुरुहरूले कट्टर र गैर-धर्मशास्त्रीय दृष्टिकोण राखेका थिए भनी येशूलाई थाह थियो (jy-E पृ. ७८ अनु. ३)
मर्कू ३:५—‘तिनीहरूको मन बोधो भएको देखेर येशू असाध्यै दुःखी हुनुभयो’ (nwtsty-E अध्ययन नोट “उहाँ असाध्यै दुःखी हुनुभयो अनि रिसाएर . . . हेरेपछि”)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
मर्कू ३:२९—पवित्र शक्तिको निन्दा गर्नु भनेको के हो र त्यसो गर्नेहरूले कस्तो नतिजा भोग्नुपर्नेछ? (nwtsty-E अध्ययन नोट “पवित्र शक्तिको निन्दा,” “सधैँभरि रहिरहने पापको दोषी”)
मर्कू ४:२६-२९—येशूले बताउनुभएको बिउ छर्ने मानिसको दृष्टान्तबाट हामी के सिक्न सक्छौँ? (w१४ १२/१५ पृ. १२-१३ अनु. ६-८)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) मर्कू ३:१-१९क
प्रचार गर्ने सीप तिखारौँ
दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्।
तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद आफैले छान्नुहोस् र अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. ३४-३६ अनु. २१-२२—मन छुने तरिकामा सिकाउनुहोस्।
ख्रीष्टियन जीवन
“जसको सुन्ने कान छ, त्यसले सुनोस्”: (१५ मि.) मर्कूस ४:९ को अर्थ बुझाउनुहोस् (nwtsty-E अध्ययन नोट)। सल्लाह सुन्नुहोस् र बुद्धिमान् हुनुहोस् भन्ने भिडियो देखाउनुहोस्। त्यसपछि “आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख” किताबको “दिएको सल्लाह राम्ररी सुन, र अर्ती ग्रहण गर” भन्ने पेटीमा आधारित भएर छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ६ अनु. १६-२३
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १२३ र प्रार्थना