विश्राम-दिनमा निको पार्ने
यहूदी धर्मगुरुहरूको मनोवृत्ति देखेर येशू किन असाध्यै दुःखी हुनुभयो? किनभने तिनीहरूले थुप्रै झिनामसिना नियम थपेर विश्राम-दिनलाई बोझिलो बनाइदिएका थिए। जस्तै, विश्राम-दिनमा उपियाँलाई समेत मार्न पाइँदैनथ्यो। ज्यानै जान सक्ने अवस्थामा बाहेक अरू अवस्थामा बिरामीहरूलाई निको पार्न मिल्दैनथ्यो। यसको मतलब हड्डी भाँचिएका वा हातखुट्टा मर्किएकाहरूको उपचार गर्न मिल्दैन थियो। त्यसैले स्पष्ट छ, ती धर्मगुरुहरूलाई हात सुकेको त्यस व्यक्तिप्रति कुनै चासो थिएन।