ख्रीष्टियन जीवन
शिक्षण सामग्री प्रयोग गर्न सिपालु हुनुहोस्
चेला बनाउनु भनेको घर बनाउनु जस्तै हो। राम्ररी बनाउन हामीले आफूसँग भएका औजारहरू ठीकसित प्रयोग गर्न सिक्नुपर्छ। विशेषगरि हाम्रो मुख्य औजार—परमेश्वरको वचन प्रयोग गर्न सिपालु हुनुपर्छ। (२ति २:१५) साथै चेला बनाउने उद्देश्य मनमा राखेर हाम्रो शिक्षण सामग्री अन्तर्गत भएका प्रकाशनहरू अनि भिडियोहरू पनि प्रभावकारी तरिकामा प्रयोग गर्नुपर्छ। *
शिक्षण सामग्री प्रयोग गर्न तपाईँ कसरी अझै सिपालु हुन सक्नुहुन्छ? (१) आफ्नो क्षेत्र सेवा समूहको निरीक्षकसित मदत माग्नुहोस्, (२) अनुभवी प्रकाशक वा अग्रगामी भाइबहिनीसँगै प्रचार जानुहोस् र (३) निरन्तर अभ्यास गर्नुहोस्। तपाईँ यी प्रकाशनहरू र भिडियोहरू चलाउन सिपालु हुँदै जानुभएपछि अहिले भइरहेको यस प्रतीकात्मक निर्माणकार्यमा अझै रमाउन सक्नुहुनेछ।
पत्रिका
पुस्तिका
किताब
पर्चा
भिडियो
निम्तोपर्ची
कार्ड
^ अनु. 3 शिक्षण सामग्री अन्तर्गत नराखिएका कुनै-कुनै प्रकाशनहरू खास पाठकवर्गको लागि तयार पारिएका थिए। ती प्रकाशनहरू आवश्यकताअनुसार प्रयोग गर्न सक्नुहुन्छ।