नमुना कुराकानी
●○○ पहिलो भेट
○●○ पहिलो पुनःभेट
प्रश्न: येसु किन मर्नुभयो?
बाइबल पद: मत्ति २०:२८
पुनःभेट प्रश्न: येसुले चढाउनुभएको फिरौतीको बलिदानप्रति हामी कसरी कृतज्ञता देखाउन सक्छौँ?
○○● दोस्रो पुनःभेट
प्रश्न: येसुले चढाउनुभएको फिरौतीको बलिदानप्रति हामी कसरी कृतज्ञता देखाउन सक्छौँ?
बाइबल पद: युह १७:३
पुनःभेट प्रश्न: यहोवाका साक्षीहरूको सभामा कस्ता कार्यक्रमहरू हुन्छन्?
स्मरणार्थको निम्तोपर्ची बाँड्ने अभियान (मार्च २३–अप्रिल १९):
हामी तपाईँलाई एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिन चाहन्छौँ। यो निम्तोपर्ची लिनुहोस्। अप्रिल १९, शुक्रबारको दिन संसारभरिका लाखौँ मानिस येसु ख्रिष्टको मृत्युको सम्झना गर्न ठाउँ-ठाउँमा भेला हुनेछन्। हाम्रो इलाकामा यो कार्यक्रम कुन ठाउँमा र कहिले हुँदै छ भनेर यस पर्चीमा बताइएको छ। त्यसअघिको हप्तामा “साँच्चैको जीवन हासिल गर्न प्रयत्न गर्नुहोस्!” भन्ने विषयमा भाषण दिइनेछ। त्यो सुन्न पनि हामी तपाईँलाई निम्तो दिन्छौँ।
घरधनीले चासो देखाएमा पुनःभेट प्रश्न: येसु किन मर्नुभयो?