सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अप्रिल १-७

१ कोरिन्थी ७-९

अप्रिल १-७
  • गीत १३६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • अविवाहित रहनु वरदान हो”: (१० मि.)

    • १को ७:३२—विवाहित ख्रिष्टियनहरूले जस्तो विभिन्‍न फिक्रीहरू झेल्नु नपर्ने भएकोले अविवाहित ख्रिष्टियनहरूले पूरा तनमनले यहोवाको सेवा गर्न सक्छन्‌ (w११ १/१५ पृ. १८ अनु. ३)

    • १को ७:३३, ३४—विवाहित ख्रिष्टियनहरू “संसारकै कुराहरूको विषयमा फिक्री” गर्छन्‌ (w०८ ७/१ पृ. २३ अनु. १)

    • १को ७:३७, ३८—आध्यात्मिक लक्ष्यहरू हासिल गर्न अविवाहित रहने निर्णय गरेका ख्रिष्टियनहरूले विवाहित ख्रिष्टियनहरूले भन्दा “झनै असल” गरिरहेका हुन्छन्‌ (w९६ १०/१५ पृ. १२-१३ अनु. १४)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • १को ७:११—कस्ता अवस्थाहरूमा कुनै विवाहित ख्रिष्टियनले आफ्नो जोडीसित छुट्टिएर बस्ने निर्णय गर्न सक्छन्‌? (lvs पृ. २५१)

    • १को ७:३६—ख्रिष्टियनहरूले किन “बैँस पार” गरिसकेपछि मात्र विवाह गर्नुपर्छ? (w०० ७/१५ पृ. ३१ अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) १को ८:१-१३ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

ख्रिष्टियन जीवन

  • गीत ३७

  • अविवाहित अवस्थाको पूर्ण सदुपयोग गर्नुहोस्‌: (१५ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरू छलफल गर्नुहोस्‌: अविवाहित ख्रिष्टियनहरूले कस्ता चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ? (१को ७:३९) तिनीहरूका लागि यिप्तहकी छोरी किन राम्रो उदाहरण हुन्‌? असल मार्गमा हिँड्‌नेहरूलाई यहोवाले कस्तो आशिष्‌ दिनुहुन्छ? (भज ८४:११) मण्डलीका सदस्यहरूले अविवाहित भाइबहिनीलाई कसरी प्रोत्साहन दिन सक्छन्‌? अविवाहित ख्रिष्टियनहरूसँग आफ्नो सेवा विस्तार गर्ने कस्ता मौकाहरू छन्‌?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ५ अनु. ९-१६, “गमलिएल—रब्बीहरूमा सबैभन्दा सम्माननीय” र “घर-घरमा गएर” प्रचार गर्नु भन्‍ने पेटीहरू

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ४२ र प्रार्थना