के तपाईँ आशिष् पाउन कुस्ती खेल्दै हुनुहुन्छ?
हामीले यहोवाको आशिष् पाउन राज्य गतिविधिलाई आफ्नो जीवनमा पहिलो स्थानमा राख्नुपर्छ। (१को ९:२६, २७) याकुबले स्वर्गदूतसित कुस्ती खेल्ने बेला जस्तो मनोवृत्ति देखाएका थिए, हामीले पनि यहोवाको सेवा गर्ने सन्दर्भमा त्यस्तै मनोवृत्ति देखाउनुपर्छ। हामी यहोवाको आशिष् पाउन इच्छुक छौँ भनेर निम्न तरिकामा देखाउन सक्छौँ:
-
मण्डलीका सभाहरूको लागि राम्ररी तयारी गरेर
-
क्षेत्र सेवामा नियमित भाग लिएर
-
मण्डलीमा अरूलाई मदत गर्न सक्दो गरेर
तपाईँको अवस्था जतिसुकै गाह्रो भए तापनि यहोवाको मदत पाउन निरन्तर प्रार्थना गर्नुहोस् अनि उहाँको सेवा गर्दा तपाईँले गर्नुभएको अथक प्रयासमा आशिष् माग्नुहोस्।
आफैलाई यो प्रश्न सोध्नुहोस्, ‘यहोवाको आशिष् पाउन जीवनको कुन-कुन क्षेत्रमा अझ प्रयास गर्न सक्छु?’