सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?

मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?

याकुबले सबैभन्दा महत्त्वपूर्ण कुरा अर्थात्‌ यहोवाको आशिष्‌ पाउन स्वर्गदूतसित कुस्ती खेले। (उत्प ३२:२४-३१; होसे १२:३, ४) हामी नि? के हामी पनि यहोवाको आज्ञा पालन गर्न र उहाँको आशिष्‌ पाउन भरमग्दुर प्रयास गर्न इच्छुक छौँ? उदाहरणको लागि, हामीले सभामा उपस्थित हुने समयमा काममा बढी घण्टा बिताउनुपर्ने अवस्था आयो भने के गर्नेछौँ? हामीले यहोवाको लागि आफ्नो समय, शक्‍ति र स्रोतबाट सर्वोत्तम कुरा दिन्छौँ भने उहाँले हामीमाथि “कुनै कुराको कमी नै नहुनेगरि आशिष्‌” बर्साउनुहुनेछ। (मला ३:१०) उहाँले हामीलाई डोऱ्‍याउनुहुनेछ, सुरक्षा दिनुहुनेछ अनि हाम्रो आवश्‍यकता पूरा गर्नुहुनेछ।—मत्ति ६:३३; हिब्रू १३:५.

आध्यात्मिक लक्ष्यहरूमा ध्यान केन्द्रित गर्नुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • आफूलाई मन पर्ने कुराले बहिनीलाई कसरी परीक्षामा पाऱ्‍यो?

  • हामीले खाने जागिरले कसरी हामीलाई परीक्षामा पार्न सक्छ?

  • तिमोथिले परिपक्व ख्रिष्टियन भइसके तापनि किन आध्यात्मिक लक्ष्य राख्नुपर्थ्यो?—१ति ४:१६.

  • तपाईँको जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?

    आफ्नो लागि सबैभन्दा महत्त्वपूर्ण काम कुन हो भनेर कसरी देखाउन सक्छौँ?