सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

वार्षिक अधिवेशनहरूमा प्रेम देखाउने मौका पाउँछौँ

वार्षिक अधिवेशनहरूमा प्रेम देखाउने मौका पाउँछौँ

वार्षिक अधिवेशनहरूमा उपस्थित हुँदा हामीलाई किन खुसी लाग्छ? पुरातन इस्राएलमा जस्तै अहिले पनि हामी अधिवेशनहरूमा सयौँ, हजारौँ दाजुभाइ दिदीबहिनीसित मिलेर यहोवाको उपासना गर्ने मौका पाउँछौँ। हामी प्रचुर मात्रामा आध्यात्मिक भोजनको आनन्द उठाउँछौँ। साथै साथीभाइ र परिवारसित हामी रमाइलो समय बिताउन पाउँछौँ। त्यसैले अधिवेशनको तीनै दिन उपस्थित भएर हामी कृतज्ञ भएको देखाउन चाहन्छौँ।

सँगै भेला हुँदा हामी आफूलाई कस्तो फाइदा हुन्छ भन्‍नेबारे मात्र नभई अरूलाई कसरी प्रेम देखाउन सकिन्छ भन्‍नेबारे पनि सोच्नुपर्छ। (गला ६:१०; हिब्रू १०:२४, २५) हाम्रा भाइ वा बहिनीको लागि ढोका खोलिदिँदा वा आफूलाई चाहिनेजति मात्र सिट रोक्दा हामीले अरूको कुरामा पनि ध्यान दिइरहेका हुन्छौँ। (फिलि २:३, ४) हामी अधिवेशनहरूमा नयाँ साथीहरू बनाउने मौका पनि पाउँछौँ। कार्यक्रमको अघि र पछि अनि खाजा खाने समयमा आफूले नचिनेका भाइ वा बहिनीसित कुरा गर्ने लक्ष्य राख्न सक्छौँ। (२को ६:१३) यी अवसरहरूमा गाँसेको मित्रता जीवनभर रहन सक्छ! सबैभन्दा महत्त्वपूर्ण कुरा, अरू मानिसहरूले हामीबीचको साँचो प्रेम देख्दा तिनीहरूले पनि हामीसँगै यहोवाको सेवा गर्ने निर्णय गर्न सक्छन्‌।—युह १३:३५.

“प्रेम कहिल्यै अन्त हुँदैन”! अन्तरराष्ट्रिय अधिवेशनहरू भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • अरू देशबाट आएका प्रतिनिधिहरूलाई २०१९ अन्तरराष्ट्रिय अधिवेशनहरूमा कसरी प्रेम देखाइयो?

  • यहोवाका सेवकहरूबीच भएको एकता र प्रेम किन उल्लेखनीय छ?

  • परिचालक निकायका सदस्यहरूले ख्रिष्टियन प्रेमका कस्ता पक्षहरूलाई जोड दिनुभयो?

  • हाम्रा अधिवेशनहरूमा देखाइने प्रेमलाई तपाईँ कसरी बढाउन सक्नुहुन्छ?

    जर्मनी र दक्षिण कोरियामा ख्रिष्टियन प्रेमले हाम्रा भाइबहिनीलाई कसरी एकतामा बाँधेको छ?

  • हामीले कस्तो सङ्‌कल्प गर्नुपर्छ?