ख्रिष्टियन जीवन
भविष्यमा पाइने स्वतन्त्रताको लागि परमेश्वर र ख्रिष्टलाई धन्यवाद दिनुहोस्
तपाईँ हरेक दिन कस्ता चुनौतीहरू सामना गर्दै हुनुहुन्छ? के तपाईँ परिवारको शिर हुनुहुन्छ र थुप्रै जिम्मेवारी पनि सम्हाल्दै हुनुहुन्छ? के तपाईँ परिवारको गर्जो टार्न सङ्घर्ष गरिरहनुभएको एक्लो बुबा वा आमा हुनुहुन्छ? के तपाईँले स्कुलमा साथीहरूको दादागिरीको सामना गरिरहनुपरेको छ? स्वास्थ्य समस्या वा ढल्कँदो उमेरको कारण आइपर्ने समस्याहरूको सामना गर्दै हुनुहुन्छ कि? हो, सबैले चुनौतीहरूको सामना गरिरहनुपरेको छ। धेरैजसो ख्रिष्टियनले एकैचोटि थुप्रै चुनौतीको सामना गरिरहेका छन्। तर यहोवाले छिट्टै हामीलाई यी सबै चुनौतीबाट छुटकारा दिनुहुनेछ भनेर हामीलाई थाह छ।—२को ४:१६-१८.
त्यतिन्जेल यहोवा हाम्रो अवस्था राम्ररी बुझ्नुहुन्छ, उहाँ हाम्रो वफादारिता र सहनशीलताको मोल गर्नुहुन्छ र भविष्यमा हामीलाई थुप्रै आशिष् दिनुहुनेछ भन्ने कुरा थाह पाउँदा सान्त्वना पाउन सक्छौँ। (यर्मि २९:११, १२) येसु पनि हामी प्रत्येकमा चासो राख्नुहुन्छ। ख्रिष्टियन जिम्मेवारीहरू पूरा गर्दा हामी येसुका यी शब्दहरूबाट आश्वासन पाउँछौँ: “म . . . तिमीहरूसितै छु।” (मत्ति २८:२०) परमेश्वरको राज्यले दिने स्वतन्त्रतामा मनन गर्दा अहिले भोगिरहनुपरेका चुनौतीहरूसित जुझ्ने हाम्रो सङ्कल्प अझै बलियो हुनेछ र हाम्रो आशालाई दह्रोसित पक्रिराख्न सक्नेछौँ।—रोमी ८:१९-२१.
आँधीबेहरी आउँदा येसुलाई एकटक लगाएर हेर्नुहोस्!—परमेश्वरको राज्यले दिने आशिष्हरू भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
मानिसजाति परमेश्वरबाट कसरी टाढा भयो र त्यसले कस्ता नतिजाहरू निम्त्याएको छ?
-
यहोवाप्रति वफादार हुनेहरूको भविष्य कस्तो हुनेछ?
-
यस सुन्दर भविष्यको आशा कसरी सम्भव भएको छ?
-
नयाँ संसारमा पाइने कस्ता आशिष्हरूको तपाईँ उत्सुकतासाथ प्रतीक्षा गर्दै हुनुहुन्छ?