सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

आमाबुबा हो, छोराछोरीलाई ज्ञानले सुसज्जित पार्नुहोस्‌

आमाबुबा हो, छोराछोरीलाई ज्ञानले सुसज्जित पार्नुहोस्‌

यस संसारले असललाई खराब र खराबलाई असलको रूपमा प्रस्तुत गर्छ। (यसै ५:२०) दुःखको कुरा, केही मानिस यहोवाले घृणा गर्नुहुने कामहरू गर्छन्‌, जसमा एउटै लिङ्‌गका व्यक्‍तिहरूबीचको अनुचित क्रियाकलाप पनि समावेश छ। हाम्रा नानीबाबुलाई स्कुलका साथीहरूले वा अरूले उनीहरूजस्तै हुने प्रलोभनमा पार्न सक्छन्‌। त्यस्ता परीक्षाहरूको सामना गर्न तपाईँ छोराछोरीलाई कसरी तयार पार्न सक्नुहुन्छ?

छोराछोरीलाई यहोवाका स्तरहरू सिकाउनुहोस्‌। (लेवी १८:३) छोराछोरीको उमेरलाई ध्यानमा राख्दै बाइबलले यौनबारे के भन्छ भनेर तिनीहरूलाई सिकाउनुहोस्‌। (व्य ६:७) आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘के मैले आफ्नो छोराछोरीलाई माया व्यक्‍त गर्ने उचित तरिका के हो अनि भद्र लुगा किन लगाउनुपर्छ भनेर सिकाएको छु? साथै आफूले गोप्य राख्नुपर्ने कुराको अरूले कदर गर्छन्‌ कि गर्दैनन्‌ अनि त्यसबारे किन सचेत हुनुपर्छ भन्‍ने विषयमा सिकाएको छु? कसैले यहोवालाई मन नपर्ने काम गराउन वा अश्‍लील सामाग्री देखाउन खोजेमा मेरा छोराछोरीले के गर्नुपर्छ भनेर बुझेका छन्‌?’ छोराछोरीलाई यस्ता विषयमा पहिल्यैदेखि सिकायौँ भने तिनीहरू खतरादेखि जोगिन सक्छन्‌। (हित २७:१२; उप ७:१२) छोराछोरीलाई सिकाउँदा यहोवाले दिनुभएको वरदानलाई अनमोल ठानेको देखाइरहेका हुन्छौँ।—भज १२७:३.

टिकिरहने घर बनाउनुहोस्‌—आफ्ना छोराछोरीलाई “खराब” कुराहरूबाट जोगाउनुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • कसै-कसैलाई यौनबारे छोराछोरीलाई सिकाउन किन अप्ठ्यारो लाग्छ?

  • आमाबुबाले छोराछोरीलाई किन “यहोवा परमेश्‍वरको डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी” दिनुपर्छ?—एफि ६:४

  • ज्ञानले सुरक्षा दिन्छ

    छोराछोरीलाई यौनबारे सिकाउन सजिलो होस्‌ भनेर यहोवाको सङ्‌गठनले आमाबुबाका लागि कस्तो मदत उपलब्ध गराएको छ?—w१९.०५ पृ. १२, पेटी

  • समस्याहरू आउनुअघि नै छोराछोरीसित नियमित रूपमा कुराकानी गर्नु किन महत्त्वपूर्ण छ?