ख्रिष्टियन जीवन
सृष्टिका कुराहरूले यहोवाको बुद्धिमाथिको हाम्रो भरोसा बढाउँछ
यहोवालाई कुन कुराले हाम्रो हित हुन्छ भनेर राम्ररी थाह छ। त्यसैले उहाँको डोऱ्याइमा हिँड्दा हामी बुद्धिमान् भएको देखाइरहेका हुन्छौँ। (हित १६:३, ९) तर आफ्नो सोचाइ यहोवाको सोचाइसित नमिल्दा उहाँको डोऱ्याइमाथिको हाम्रो भरोसाको जाँच हुन सक्छ। यहोवाको बुद्धिमाथिको हाम्रो भरोसालाई बलियो बनाउनको लागि उहाँको सृष्टिमा मनन गर्नु आवश्यक छ।—हित ३०:२४, २५; रोमी १:२०.
सृष्टि या संयोग? कमिलाको ताँती कसरी व्यवस्थित हुन्छ? भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
कमिलाहरूले हरेक दिन के गर्छन्?
-
कमिलाको ताँती कसरी व्यवस्थित हुन्छ?
-
कमिलाको व्यवस्थित ताँतीबाट मानिसहरूले के सिक्न सक्छन्?
सृष्टि या संयोग? उड्न सिपालु भमरा भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
सानो हवाईजहाज उडाउँदा कस्ता चुनौतीहरू आइपर्छन्?
-
भमरा कसरी सिपालुपूर्वक उड्न सक्छ?
-
भविष्यमा मानिसहरूले भमराको सहज ज्ञानबाट कस्तो लाभ उठाउन सक्लान्?
तपाईँ आफ्नो वरपर सृष्टिमा यहोवाको बुद्धिका कस्ता प्रमाणहरू देख्नुहुन्छ?