सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

समुएलबाट सिक्न सकिने पाठहरू

समुएलबाट सिक्न सकिने पाठहरू

समुएल जीवनभरि यहोवाप्रति वफादार रहे। एलिका छोराहरू होप्नि र पिनहास भ्रष्ट थिए तर तिनी उनीहरूजस्तो भएनन्‌। (१स २:२२-२६) समुएल हुर्कँदै गए र यहोवाले तिनलाई साथ दिइरहनुभयो। (१स ३:१९) तिनी बुढेसकालसम्मै यहोवाको मार्गमा हिँडिरहे तर तिनका छोराहरू भने हिँडेनन्‌।—१स ८:१-५.

हामी समुएलबाट के सिक्न सक्छौँ? यदि तपाईँ सानै हुनुहुन्छ भने तपाईँका समस्याहरू र तपाईँको भावना यहोवा बुझ्नुहुन्छ भनेर ढुक्क हुनुहोस्‌। उहाँ तपाईँलाई साहसी हुन मदत गर्न सक्नुहुन्छ। (यसै ४१:१०, १३) यदि तपाईँ आमाबुबा हुनुहुन्छ र तपाईँका छोराछोरीले यहोवाको मार्ग त्यागेका छन्‌ भने समुएलको उदाहरणबाट सान्त्वना पाउन सक्नुहुन्छ। तिनले हुर्किसकेका छोराहरूलाई यहोवाको स्तरअनुसार चल्न दबाब दिएनन्‌। बरु तिनले त्यस मामिलालाई यहोवाकै हातमा छोडेर आफूचाहिँ सत्यनिष्ठ भइरहे अनि स्वर्गमा बस्नुहुने बुबालाई खुसी बनाइरहे। तपाईँको असल उदाहरणबाट प्रोत्साहन पाएर तपाईँका छोराछोरी यहोवाकहाँ फर्कन सक्छन्‌।

तिनीहरूबाट सिक्नुहोस्‌—समुएल भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • समुएलले ठिटो छँदा कसरी साहस देखाए?

  • ड्यानीले कसरी साहस देखाए?

  • वृद्ध समुएलले कसरी असल उदाहरण बसाले?

  • जे सही छ, त्यसलाई पक्रिराख्नेहरूलाई यहोवा साथ दिनुहुन्छ

    ड्यानीका आमाबुबाले कसरी असल उदाहरण बसाले?