ख्रिष्टियन जीवन
युवाहरू हो, आमाबुबासित खुलेर कुरा गर्नुहोस्
तपाईँले आमाबुबासित किन खुलेर कुरा गर्नुपर्छ? (हित २३:२६) किनभने यहोवाले उहाँहरूलाई तपाईँको हेरचाह गर्ने र डोऱ्याउने जिम्मेवारी दिनुभएको छ। (भज १२७:३, ४) तपाईँले आफ्नो मनको कुरा उहाँहरूबाट लुकाउनुभयो भने उहाँहरूले तपाईँलाई मदत गर्न सक्नुहुनेछैन र उहाँहरूको अनुभवबाट सिक्न पनि सक्नुहुनेछैन। त्यसोभए के कुनै-कुनै कुरा आफैमा सीमित राख्नु गलत हो? होइन। तर आमाबुबालाई थाह दिनुपर्ने कुरा नबताउनुचाहिँ गलत हो।—हित ३:३२.
तपाईँ आमाबुबासँग कसरी कुरा गर्न सक्नुहुन्छ? तपाईँको लागि र उहाँहरूको लागि उपयुक्त समय रोज्नुहोस्। तपाईँलाई आफ्नो मनको कुरा उहाँहरूलाई आमनेसामने बताउन गाह्रो लाग्छ भने उहाँहरूमध्ये एक जनालाई चिठी लेख्न पनि सक्नुहुन्छ। तर उहाँहरूले तपाईँलाई मन नपर्ने विषयमा कुरा गर्न खोज्नुभयो भने नि? आमाबुबा तपाईँको शत्रु होइन तर मित्र हुनुहुन्छ र तपाईँलाई मदत गर्न चाहनुहुन्छ भन्ने कुरा मनमा राख्नुहोस्। उहाँहरूसँग खुलस्त कुराकानी गर्न तपाईँले गर्नुहुने प्रयासले तपाईँलाई सधैँभरि फाइदा पुऱ्याउनेछ।—हित ४:१०-१२.
मेरो किशोरावस्था—आमाबुबासित कसरी कुरा गर्ने? भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
एस्तर र पर्तिकले आफूबारे के थाह पाए?
-
तपाईँ येसुको उदाहरणबाट के सिक्न सक्नुहुन्छ?
-
आमाबुबाले तपाईँको ख्याल राखेको कसरी देखाउनुभएको छ?
-
आमाबुबासँग कुरा गर्न बाइबलका कस्ता सिद्धान्तहरूले तपाईँलाई मदत गर्न सक्छ?