सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

परमेश्‍वरको वचनमाथिको विश्‍वास अझ बलियो बनाउनुहोस्‌

परमेश्‍वरको वचनमाथिको विश्‍वास अझ बलियो बनाउनुहोस्‌

परमेश्‍वरको वचनले जीवन परिवर्तन गर्न सक्छ। (हिब्रू ४:१२) तर यसले दिने डोऱ्‍याइ, निर्देशन र सल्लाहबाट लाभ उठाउन यो “परमेश्‍वरकै वचन” हो भन्‍ने कुरामा पहिला विश्‍वस्त हुनुपर्छ। (१थि २:१३) हामी कसरी बाइबलमाथिको विश्‍वास अझ बलियो बनाउन सक्छौँ?

हरेक दिन बाइबलको केही अंश पढ्‌नुहोस्‌। बाइबल पढ्‌दा यो यहोवाकै वचन हो भन्‍ने प्रमाणहरू खोज्नुहोस्‌। जस्तै, हितोपदेशको किताबमा पाइने सल्लाहहरूलाई लिनुहोस्‌। ती सल्लाहहरू आज हाम्रो समयमा पनि कसरी लाभदायी छन्‌ भनेर विचार गर्नुहोस्‌।—हित १३:२०; १४:३०.

कुनै खास विषयमा अध्ययन गर्नुहोस्‌। बाइबल परमेश्‍वरबाट प्रेरित वचन हो भनेर विश्‍वास गर्न सकिने प्रमाणहरूसित अझ परिचित हुनुहोस्‌। यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी किताबको “बाइबल” भन्‍ने विषयअन्तर्गत “परमेश्‍वरबाट प्रेरित” अन्तर्गत हेर्नुहोस्‌। नयाँ संसार अनुवाद-को अतिरिक्‍त लेख क३ मा भएका जानकारीहरू केलाउनुभयो भने बाइबलको सन्देश परिवर्तन भएको छैन भन्‍ने कुरामा आफ्नो विश्‍वास अझ बलियो बनाउन सक्नुहुनेछ।

हामी किन निम्न कुरामा विश्‍वास गर्छौँ?—परमेश्‍वरको वचन भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • इजिप्टको कर्नकस्थित एउटा मन्दिरको भित्तामा कुँदिएका चित्रहरूले परमेश्‍वरको वचन सत्य हो भनेर कसरी प्रमाणित गर्छ?

  • बाइबलको सन्देश परिवर्तन भएको छैन भनेर हामी किन भन्‍न सक्छौँ?

  • बाइबल अहिलेसम्म अस्तित्वमा रहनुले यो साँच्चै परमेश्‍वरको वचन हो भनेर तपाईँ किन विश्‍वस्त हुन सक्नुभयो? —यसैया ४०:८ पढ्‌नुहोस्‌