सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

आकस्मिक रूपमा आइपर्ने स्वास्थ्य समस्याको लागि अहिले नै तयारी गर्नुहोस्‌

आकस्मिक रूपमा आइपर्ने स्वास्थ्य समस्याको लागि अहिले नै तयारी गर्नुहोस्‌

अहिले नै किन तयारी गर्नुपर्छ? हामीले आसै नगरेको समयमा स्वास्थ्य समस्या वा अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आउन सक्छ। त्यसैले आकस्मिक अवस्था आइपर्दा सकेसम्म राम्रो उपचार पाउन अहिले नै उपलब्ध प्रबन्धहरूको पूरापूर सदुपयोग गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँले जीवनप्रति र रगतसम्बन्धी यहोवाले दिनुभएको नियमप्रति आदर देखाइरहनुभएको हुनेछ।—प्रे १५:२८, २९.

तपाईँ कस्तो तयारी गर्न सक्नुहुन्छ?

  • प्रार्थनापूर्वक र होसियारीसाथ स्थायी अख्तियारनामा कार्ड (DPA) भर्नुहोस्‌। a बप्तिस्मा गरेका प्रकाशकहरूले साहित्य सेवकबाट आफ्नो लागि DPA कार्ड र आफ्ना नाबालिग बालबच्चाको लागि परिचय-पत्र (ic) लिन सक्छन्‌

  • यदि तपाईँ गर्भवती हुनुहुन्छ भने एल्डरहरूसित गर्भवती महिलाहरूको लागि जानकारी (S-401) माग्नुहोस्‌। यस कागजातले तपाईँलाई गर्भावस्थामा र सुत्केरी हुँदा स्वास्थ्य समस्या आइपरेको खण्डमा सही निर्णय गर्न मदत गर्नेछ

  • तपाईँको उपचारमा रगत प्रयोग गर्नुपर्ने वा अस्पताल भर्ना हुनुपर्ने अवस्था आउन सक्ने भएमा यसबारे एल्डरहरूलाई सकेसम्म चाँडो खबर गर्नुहोस्‌ अनि तपाईँलाई अस्पतालमा कोही एक जना अनुभवी यहोवाको साक्षी दाइ/भाइ भेट्‌न आएमा अनुमति दिनुहोस्‌ भनेर अस्पताललाई खबर गर्नुहोस्‌

एल्डरहरूले कसरी मदत गर्न सक्छन्‌? तिनीहरूले तपाईँलाई स्थायी अख्तियारनामा कार्ड (DPA) भर्न मदत गर्न सक्छन्‌। तर एल्डरहरूले तपाईँको लागि स्वास्थ्यसम्बन्धी निर्णयहरू गरिदिने अथवा तपाईँ आफैले निर्णय गर्नुपर्ने विषयहरूमा तिनीहरूले आफ्ना धारणाहरू व्यक्‍त गर्नेछैनन्‌। (रोमी १४:१२; गला ६:५) यदि तपाईँको उपचारमा रगत प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ भनेर तपाईँले आफ्नो मण्डलीका एल्डरहरूलाई खबर गर्नुभएको छ भने तिनीहरूले तुरुन्तै अस्पताल सम्पर्क समितिलाई (HLC) खबर गर्नेछन्‌।

अस्पताल सम्पर्क समितिले (HLC) कसरी मदत गर्न सक्छ? चिकित्सा र कानुनसँग सम्बन्धित व्यक्‍तिहरूलाई रगतसम्बन्धी हाम्रो धार्मिक अडान बुझ्न मदत गर्ने सन्दर्भमा HLC-मा सेवा गर्ने भाइहरूलाई विशेष तालिम दिइएको हुन्छ। तिनीहरूले तपाईँको उपचार गर्ने व्यक्‍तिहरूसित रगत प्रयोग नगरी गर्न सकिने उपचारबारे कुरा गर्न सक्छन्‌। आवश्‍यक परेमा तिनीहरूले सहयोगी डाक्टर भेट्टाउन मदत गर्न सक्छन्‌।

रगत प्रयोग हुने स्वास्थ्य सेवासम्बन्धी कसरी सही निर्णय गर्न सकिन्छ? भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नको जवाफ दिनुहोस्‌:

  • रगत प्रयोग हुन सक्ने कुनै आकस्मिक स्वास्थ्य समस्याको लागि पहिल्यै तयार हुन तपाईँले यस भिडियोबाट के सिक्नुभयो?

a सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ३९ ले तपाईँलाई रगत प्रयोग हुने स्वास्थ्य उपचारसम्बन्धी सही निर्णयहरू गर्न मदत गर्नेछ।