ख्रिष्टियन जीवन
यहोवा हामीलाई परीक्षाहरू सहन मदत गर्नुहुन्छ
यस अन्तको दिनमा हामीले थुप्रै कठिन परीक्षा भोगिरहेका छौँ। कहिलेकाहीँ हामीलाई ‘म त यो परीक्षा सहनै सक्दिनँ!’ जस्तो लाग्न सक्छ। तर यहोवासित नजिक भइरह्यौँ भने उहाँले हामीलाई जस्तोसुकै कठिन परीक्षा सहने बल दिनुहुनेछ। (यसै ४३:२, ४) त्यसोभए परीक्षा आइपर्दा हामी कसरी यहोवासित नजिक भइरहन सक्छौँ?
प्रार्थना। यहोवालाई मनको बह पोखाउँदा उहाँले हामीलाई मनोशान्ति दिनुहुन्छ र भावनात्मक तवरमा बलियो बनाउनुहुन्छ।—फिलि ४:६, ७; १थि ५:१७.
सभाहरू। यहोवाले हामीलाई सभाहरूमार्फत दिनुहुने आध्यात्मिक भोजन र भाइबहिनीसितको सरसङ्गत अहिले जत्तिको आवश्यक पहिला कहिल्यै परेको थिएन। (हिब्रू १०:२४, २५) हामीले सभाको लागि तयारी गर्दा, सभामा उपस्थित हुँदा र भाग लिँदा यहोवाको पवित्र शक्तिमार्फत पाइने मदतको पूरापूर सदुपयोग गरिरहेका हुन्छौँ।—प्रका २:२९.
साक्षीकार्य। साक्षीकार्यमा व्यस्त रहन सक्दो गऱ्यौँ भने सकारात्मक कुराहरूमा ध्यान दिइरहन हामीलाई अझ सजिलो हुन्छ। यसो गऱ्यौँ भने यहोवासितको र हाम्रा सहकर्मीहरूसितको सम्बन्ध अझ घनिष्ठ हुनेछ।—१को ३:५-१०.
यहोवाले तपाईँलाई स्विकार्नुहुनेछ भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्: