ख्रिष्टियन जीवन
छोराछोरीलाई सफल हुन मदत गर्न बाइबल सिद्धान्तहरू लागू गर्नुहोस्
यहोवाको सेवा गर्ने आमाबुबा आफ्ना छोराछोरी पनि यहोवाको सेवामा रमाएको र इनामदायी जीवन बिताएको चाहन्छन्। आमाबुबाले बाइबल सिद्धान्तहरू लागू गर्दै छोराछोरीलाई तालिम दिएमा तिनीहरूलाई सफल हुन मदत गर्न सक्छन्।—हित २२:६.
-
कुराकानी गर्न सजिलो व्यक्ति बन्नुहोस्।—या १:१९
-
राम्रो उदाहरण बसाल्नुहोस्।—व्य ६:६
-
यहोवाको उपासनामा नियमित रूपमा भाग लिनुहोस्।—एफि ६:४
टिकिरहने घर बनाउनुहोस्—आफ्ना छोराछोरीलाई ‘ठिक बाटोमा’ हिंड्न तालिम दिनुहोस् भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
आमाबुबा कसरी व्यावहारिक हुन सक्छन्?
-
आमाबुबाले याकुब १:१९ मा पाइने सिद्धान्त कसरी लागू गर्न सक्छन्?
-
समस्या खडा हुँदा आमाबुबाले के गर्न सक्छन्?