बाइबलमा पाइने अनमोल धन
यहोवाको इच्छा पूरा गर्ने चाहनालाई बढाउनुहोस्
यहोवाको आज्ञा पालन नगरेकोले उहाँले साउललाई तिरस्कार गर्नुभयो (१इ १०:१३, १४)
यहोवाले साउलको ठाउँमा दाउदलाई राजा नियुक्त गर्नुभयो (१इ ११:३)
साउलले जस्तो नभई दाउदले यहोवाका नियम र सिद्धान्तअनुसार चल्ने छनौट गरे (१इ ११:१५-१९; w१२ ११/१५ पृ. ६ अनु. १२-१३)
दाउद यहोवाको इच्छा पूरा गर्न पाउँदा रमाउँथे। (भज ४०:८) यहोवाको जस्तै दृष्टिकोण राख्न सिकेर हामी पनि जे सही छ, त्यो गर्ने इच्छा विकास गर्न सक्छौँ।—भज २५:४; w१८.०६ पृ. १७ अनु. ५-६.