सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

स्मरणार्थको समयको लागि लक्ष्यहरू राख्नुहोस्‌

स्मरणार्थको समयको लागि लक्ष्यहरू राख्नुहोस्‌

हरेक वर्ष यहोवाका जनहरू एकसाथ मिलेर स्मरणार्थ उत्सव मनाउने दिनको प्रतीक्षा गर्छन्‌। फिरौतीको बलिदानको प्रबन्ध गर्नुभएकोमा यहोवालाई धन्यवाद दिने र उहाँको प्रशंसा गर्ने विशेष मौकाहरू हामी स्मरणार्थको अघि र पछिका हप्ताहरूमा पाउँछौँ। (एफि १:३, ७) हामी ती मौकाहरूको पूरापूर सदुपयोग गर्छौँ। उदाहरणको लागि, अरू मानिसलाई स्मरणार्थमा बोलाउन हामी सक्दो मेहनत गर्छौँ। कसै-कसैले मार्च वा अप्रिल महिनामा ३० वा ५० घण्टे अग्रगामी सेवा गर्न आफ्नो तालिकामा छाँटकाँट गरेका छन्‌। के तपाईँ पनि यस वर्षको स्मरणार्थको समयमा साक्षीकार्यमा अझ धेरै भाग लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँ के गर्न सक्नुहुन्छ?

पहिल्यै योजना बनायौँ भने हामी अक्सर सफल हुन्छौँ। (हित २१:५) यस वर्षको स्मरणार्थको समय नजिकिँदै छ। त्यसैले योजना बनाउन थाल्ने समय अहिल्यै हो। तपाईँ स्मरणार्थको समयमा साक्षीकार्यमा अझ धेरै भाग लिन के-के गर्न चाहनुहुन्छ अनि आफ्ना लक्ष्यहरू हासिल गर्न कस्ता योजनाहरू बनाउनुपर्छ, विचार गर्नुहोस्‌। त्यसपछि आफ्नो प्रयासमा यहोवाको आशिष्‌ माग्नुहोस्‌।—१यु ५:१४, १५.

स्मरणार्थको समयमा साक्षीकार्यमा अझ धेरै भाग लिन म के-के गर्न सक्छु?