सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जनवरी २२-२८

अय्युब ३८-३९

जनवरी २२-२८

गीत ११ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. के तपाईँ सृष्टिका कुराहरू नियाल्न समय निकाल्नुहुन्छ?

(१० मि.)

पृथ्वी सृष्टि गर्नुभएपछि यहोवाले आफूले गरेको काम नियाल्न समय निकाल्नुभयो (उत्प १:१०, १२; अयु ३८:५, ६; w२१.०८ पृ. ९ अनु. ७)

स्वर्गदूतहरूले यहोवाले सृष्टि गर्नुभएका कुराहरू नियाल्न समय निकाले (अयु ३८:७; w२०.०८ पृ. १४ अनु. २)

हामीले सृष्टिका कुराहरू नियाल्न समय निकाल्यौँ भने त्यसप्रति कृतज्ञ हुन र यहोवामाथिको भरोसा बलियो बनाउन सक्नेछौँ (अयु ३८:३२-३५; w२३.०३ पृ. १७ अनु. ८)

२. बहुमूल्य रत्न

(१० मि.)

  • अयु ३८:८-१०—यी पदहरूबाट सर्वोच्च कानुनदाता यहोवाबारे के सिक्न सक्छौँ? (w०२ ४/१५ पृ. १७ अनु. ४-५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(२ मि.) अनौपचारिक साक्षीकार्य। तपाईँले साक्षी दिइरहेको व्यक्‍ति कुराकानी गर्न चाहँदैनन्‌। तिनीसित सकारात्मक तरिकामा कुराकानी टुङ्‌ग्याउनुहोस्‌। (lmd पाठ २ बुँदा ३)

५. फेरि भेट्‌नुहोस्‌

(५ मि.) घरघरको साक्षीकार्य। पहिलो भेटमा घरधनीले हालै आफ्नो प्रियजनको मृत्यु भएको कुरा बताएका थिए। (lmd पाठ ९ बुँदा ३)

६. भाषण

(५ मि.) lmd अतिरिक्‍त लेख क बुँदा १—विषय: हालैका घटनाहरू र मानिसहरूमा भएका दुर्गुणहरूले संसारको अवस्था सुध्रनेछ भन्‍ने सङ्‌केत दिन्छ। (th बुँदा १६)

ख्रिष्टियन जीवन

गीत १११

७. सृष्टिलाई नियाल्दा हामी महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्न सक्नेछौँ

(१५ मि.) छलफल।

सैतानको आक्रमण अनि तीन जना साथीको आलोचनाले गर्दा अय्युब आफ्ना समस्याहरू मै डुबिरहे र अरूले गरेको अन्यायपूर्ण आलोचनाबारे मात्रै सोचिरहे।

अय्युब ३७:१४ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

आफ्ना समस्याहरूमा मात्र नघोरिन बरु यहोवामा भर पर्न अय्युबले के गर्नुपर्थ्यो?

आफूले भोग्नुपरेका परीक्षाहरूले गर्दा निराश हुनुभएको छ भने सृष्टिलाई नियाल्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँले यहोवाको महानता सम्झन, उहाँप्रति वफादार रहिरहने आफ्नो इच्छालाई बलियो बनाउन अनि उहाँ हाम्रो ख्याल राख्न सक्नुहुन्छ भन्‍ने कुरामा आफ्नो भरोसा बढाउन सक्नुहुनेछ। —मत्ति ६:२६.

अय्यूबको किताबबाट वफादारीसम्बन्धी पाठ—जनावरहरू भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

यहोवामाथिको भरोसा बलियो बनाउन यस भिडियोले तपाईँलाई कसरी मदत गऱ्‍यो?

८. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ५४ र प्रार्थना