सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जनवरी २९–फेब्रुअरी ४

अय्युब ४०-४२

जनवरी २९–फेब्रुअरी ४

गीत १२४ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. अय्युबको जीवनबाट सिक्न सकिने पाठहरू

(१० मि.)

यहोवाको भन्दा हाम्रो दृष्टिकोण सीमित छ भन्‍ने कुरा नबिर्सनुहोस्‌ (अयु ४२:१-३; w१० १०/१ पृ. ११-१२ अनु. ४-६)

यहोवा अनि उहाँको सङ्‌गठनबाट आउने सल्लाह तुरुन्तै स्विकार्नुहोस्‌ (अयु ४२:५, ६; w१७.०६ पृ. २५ अनु. १२)

परीक्षाहरूको बाबजुद वफादार रहनेहरूलाई यहोवा इनाम दिनुहुन्छ (अयु ४२:१०-१२; या ५:११; w२२.०६ पृ. २५ अनु. १७-१८)

अय्युब सत्यनिष्ठ रहेकोले यहोवाले तिनलाई इनाम दिनुभयो

२. बहुमूल्य रत्न

(१० मि.)

  • अयु ४२:७—अय्युबका तीन जना साथीले वास्तवमा कसको विरुद्धमा बोलिरहेका थिए? यो कुरा थाह पाउँदा हामी गिल्ला सहन कसरी मदत पाउन सक्छौँ? (it-2-E पृ. ८०८)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। तपाईँले भेट्‌नुभएको व्यक्‍ति गैर-ख्रिष्टियन हुन्‌। (lmd पाठ ५ बुँदा ३)

५. चेला बनाउनुहोस्‌

६. भाषण

(४ मि.) lmd अतिरिक्‍त लेख क बुँदा २—विषय: पृथ्वी कहिल्यै विनाश हुनेछैन। (th बुँदा १३)

ख्रिष्टियन जीवन

गीत १०८

७. अरूलाई यहोवाको प्रेम महसुस गर्न मदत गर्नुहोस्‌

(१५ मि.) छलफल।

प्रेमका मूर्तरूप यहोवा परमेश्‍वरको उपासना गर्न पाउँदा हामी खुसी छौँ। (१यु ४:८, १६) यहोवाको प्रेमले हामीलाई उहाँतर्फ खिच्छ अनि उहाँसित नजिक भइरहन उत्प्रेरित गर्छ। यहोवाको भेडा भएकाले हामी सबै जना उहाँबाट माया पाएको महसुस गर्छौँ।

परिवारका सदस्यहरूसित, सङ्‌गी भाइबहिनीसित अनि अरूसित व्यवहार गर्दा हामी यहोवाको प्रेम झल्काउन सक्दो कोसिस गर्छौँ। (अयु ६:१४; १यु ४:११) यसरी प्रेम देखाउँदा हामीले अरूलाई यहोवालाई चिन्‍न अनि उहाँसित नजिक हुन मदत गरिरहेका हुन्छौँ। तर यदि प्रेम देखाउन चुक्यौँ भने तिनीहरूलाई यहोवाको प्रेम महसुस गर्न गाह्रो हुन सक्छ।

हामीले यहोवाको परिवारमा ख्रिष्टियन प्रेम पायौँ भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

लेई लेई र मिमीको अनुभवबाट प्रेम देखाउनुको महत्त्वबारे तपाईँले के सिक्नुभयो?

हामीले के गऱ्‍यौँ भने सङ्‌गी भाइबहिनीले यहोवाको प्रेम महसुस गर्नेछन्‌?

  • तिनीहरूलाई यहोवाको बहुमूल्य भेडाको रूपमा हेर्नुहोस्‌।—भज १००:३

  • तिनीहरूसित उत्थान गर्ने तरिकामा बोल्नुहोस्‌।—एफि ४:२९

  • तिनीहरूप्रति समानुभूतिशील हुनुहोस्‌।—मत्ति ७:११, १२

८. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत १२६ र प्रार्थना