सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

फेब्रुअरी १०-१६

भजन १४७–१५०

फेब्रुअरी १०-१६

गीत १२ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. हामीसित यहोवाको प्रशंसा गर्ने थुप्रै कारण छन्‌

(१० मि.)

उहाँ हामी प्रत्येकको ख्याल राख्नुहुन्छ (भज १४७:३, ४; w१७.०७ पृ. १८ अनु. ५-६)

उहाँ हाम्रो भावना बुझ्नुहुन्छ र हामीलाई मदत गर्न आफ्नो शक्‍ति चलाउनुहुन्छ (भज १४७:५; w१७.०७ पृ. १८ अनु. ७)

उहाँ हामीलाई आफ्नो जन बन्‍ने सुअवसर दिनुहुन्छ (भज १४७:१९, २०; w१७.०७ पृ. २१ अनु. १८)


आफैलाई सोध्नुहोस्‌: ‘अरू के-कस्ता कुराले मलाई यहोवाको प्रशंसा गर्न उत्प्रेरित गर्छ?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १४८:१, १०—“चराचुरुङ्‌गी”-ले कुन अर्थमा यहोवाको प्रशंसा गर्छन्‌? (cl पृ. ५४ अनु. १६)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। घरधनी आफूलाई दीर्घकालीन रोग लागेको बताउँछन्‌। (lmd पाठ २ बुँदा ५)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। तपाईँले साक्षी दिइरहनुभएको व्यक्‍तिलाई हालै सभामा सिकेको कुनै कुरा बताउने मौका खोज्नुहोस्‌। (lmd पाठ ४ बुँदा ३)

६. भाषण

(५ मि.) w१९.०३ पृ. १० अनु. ७-११—विषय: येसुको स्वर सुन्‍नुहोस्‌—सुसमाचार सुनाउनुहोस्‌। चित्र हेर्नुहोस्‌। (th बुँदा १४)

ख्रिष्टियन जीवन

गीत १५९

७. वार्षिक सेवा रिपोर्ट

(१५ मि.) छलफल।

वार्षिक सेवा रिपोर्टसम्बन्धी शाखा कार्यालयबाट प्राप्त पत्र पढ्‌नुहोस्‌। त्यसपछि विश्‍वभरिका यहोवाका साक्षीहरूको २०२४ सेवा वर्ष रिपोर्ट-का अन्य राम्रा पक्षहरूबारे बताउन श्रोतालाई आग्रह गर्नुहोस्‌। गत सेवा वर्ष साक्षीकार्यमा प्रोत्साहनदायी अनुभव बटुलेका प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्‌। अन्तरवार्ताको लागि प्रकाशकहरू पहिल्यै छान्‍नुहोस्‌।

८. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ३७ र प्रार्थना