सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

फेब्रुअरी ३-९

भजन १४४–१४६

फेब्रुअरी ३-९

गीत १४५ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “आनन्दित हुन्‌ ती मानिसहरू, जसका परमेश्‍वर यहोवा हुनुहुन्छ!”

(१० मि.)

यहोवा उहाँमा भर पर्नेहरूलाई आशिष्‌ दिनुहुन्छ (भज १४४:११-१५; w१८.०४ पृ. ३२ अनु. ३-४)

हामी आशामा रमाउँछौँ (भज १४६:५; w२२.१० पृ. २८ अनु. १६-१७)

यहोवाको उपासना गर्नेहरू सधैँभरि आनन्दित हुनेछन्‌ (भज १४६:१०; w१८.०१ पृ. २६ अनु. १९-२०)

हामीले वफादार भई यहोवाको सेवा गऱ्‍यौँ भने समस्याहरूको बाबजुद आनन्दित हुन सक्नेछौँ

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १४५:१५, १६—हामी यी पदहरूबाट जनावरहरूसित गर्ने व्यवहारबारे के सिक्न सक्छौँ? (it-1-E पृ. १११ अनु. ९)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। तिनले आफू विश्‍वविद्यालयको विद्यार्थी भएको कुरा बताउँछन्‌। (lmd पाठ १ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। शिक्षण सामग्रीबाट कुनै एउटा भिडियो प्रयोग गर्नुहोस्‌। (lmd पाठ ७ बुँदा ४)

६. भाषण

(४ मि.) lmd अतिरिक्‍त लेख क बुँदा ७—विषय: पत्नीले पतिको गहिरो आदर गर्नुपर्छ। (th बुँदा  १)

ख्रिष्टियन जीवन

गीत ५९

७. यहोवा तपाईँ खुसी भएको चाहनुहुन्छ

(१० मि.) छलफल।

यहोवा आनन्दित परमेश्‍वर हुनुहुन्छ। (१ति १:११) उहाँले हामीलाई दिनुभएका थुप्रै मनमोहक उपहारहरूबाट उहाँ हामीलाई प्रेम गर्नुहुन्छ र हामी आनन्दित भएको चाहनुहुन्छ भन्‍ने देखिन्छ। (उप ३:१२, १३) उहाँले दिनुभएका दुई वटा उपहारबारे विचार गरौँ: खाना र ध्वनि।

सृष्टिले यहोवा हामी आनन्दित भएको चाहनुहुन्छ भन्‍ने प्रमाण दिन्छ—स्वादिष्ठ खानेकुरा र कर्णप्रिय आवाज भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • यहोवाले हामीलाई दिनुभएका खानेकुरा र आवाजजस्ता उपहारहरूबाट उहाँ हामी खुसी भएको चाहनुहुन्छ भनेर कसरी देखिन्छ?

भजन ३२:८ पढ्‌नुहोस्‌ त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • यहोवा हामी खुसी भएको चाहनुहुन्छ भनेर थाह पाउँदा तपाईँ बाइबल र उहाँको सङ्‌गठनले दिने निर्देशन पालन गर्न कसरी उत्प्रेरित हुन सक्नुहुन्छ?

८. स्थानीय आवश्‍यकता

(५ मि.)

९. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ८५ र प्रार्थना