ख्रीष्टियन जीवन
प्रचारकार्यमा अझै उन्नति गर्ने—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ?
हामीले रोपेको सत्यको बीउमा पानी हाल्नुपर्छ। (१को ३:६) त्यसैले कुनै व्यक्तिले बाइबलको सन्देशमा चासो देखाए भने तिनीसित फेरि छलफल गर्नुपर्छ। यसो गर्न कुराकानीको अन्तमा प्रश्न छोड्नु राम्रो हो। यसो गरेमा अर्को पटक कस्तो कुराबारे छलफल गरिनेछ भनेर घरधनीलाई थाह हुन्छ। साथै हामीलाई पुनःभेटको लागि तयारी गर्न पनि सजिलो हुन्छ। पुनःभेट गर्दा पहिले छोडेको प्रश्नको जवाफ दिन आएका हौं भनेर छलफल सुरु गर्न सक्छौं।
हामी कसरी यसो गर्न सक्छौं?
-
घरघरको प्रचारको लागि प्रस्तुति तयार गर्दा पुनःभेटको लागि कुन प्रश्न छोड्ने, विचार गर्नुहोस्। आफूले दिने साहित्य अथवा बाइबल अध्ययन सञ्चालन गर्न चलाइने प्रकाशनमा आधारित प्रश्न तयार पार्न सक्नुहुन्छ।
-
कुराकानीको अन्तमा चासो देखाउने घरधनीलाई फेरि भेटेर कुरा गर्न चाहन्छु भनेर बताउनुहोस्। अनि आफूले तयार पारेको प्रश्न सोध्नुहोस्। तिनीसित फेरि कसरी भेट्न सकिन्छ, सोध्नुहोस्।
-
घरधनीलाई भेट्न निश्चित समय तोक्नुभएको छ भने त्यही समयमा भेट्न जानुहोस्।—मत्ती ५:३७.