ख्रीष्टियन जीवन
उपासनास्थल निर्माण र मर्मतसम्भार गर्ने सुअवसर
यरूशलेमको मन्दिर निर्माण गर्नु चानचुने काम थिएन। त्यसको लागि धेरै मेहनत अनि खर्च लाग्क्थ्यो। तर इस्राएलीहरूले आफ्नोतर्फबाट जे-जस्तो मदत गर्न सक्थे, त्यो सबै गरे। (१इ २९:२-९; २इ ६:७, ८) तिनीहरूले पछि मन्दिरको मर्मतसम्भार गर्छन् कि गर्दैनन्, त्यसले तिनीहरूको आध्यात्मिक अवस्था कस्तो छ भन्ने कुरा देखाउँक्थ्यो। (२रा २२:३-६; २इ २८:२४; २९:३) आज पनि ख्रीष्टियनहरू राज्यभवन र सम्मेलनभवनको निर्माण, सरसफाइ अनि मर्मतसम्भारमा धेरै समय र शक्ति खर्च गर्छन्। यो हाम्रो पवित्र सेवाको एउटा भाग हो। यहोवासित मिलेर काम गर्न पाउनु कत्ति ठूलो सुअवसर!—भज १२७:१; प्रका ७:१५.
यस काममा कसरी मदत गर्न सकिन्छ?
-
सभापछि मेच मिलाउनुहोस्। शौचालय प्रयोग गरेपछि सफा गर्नुहोस्। सक्नुहुन्छ भने आफ्नो सिट वरपर भएको फोहोर टिपेर फाल्नुहोस्।
-
राज्यभवनको सफाइ र मर्मतसम्भारमा भाग लिनुहोस्। सबै जना मिलेर काम गर्दा रमाइलो हुनुका साथै काम गर्न पनि सजिलो हुन्छ।—lv पृ. १०५ अनु. १८.
-
आर्थिक सहयोग गर्नुहोस्। मनैदेखि दिइने “दुई साना सिक्का”-को पनि यहोवा कदर गर्नुहुन्छ।—मर्कू १२:४१-४४.
-
सकिन्छ भने निर्माणकार्य र मर्मतसम्भारमा स्वयंसेवा गर्नुहोस्। यस काममा भाग लिन निर्माणसम्बन्धी अनुभव हुनै पर्छ भन्ने छैन