सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

चिन्ता गर्न छोडिहाल्नुहोस्‌

चिन्ता गर्न छोडिहाल्नुहोस्‌

डाँडाको उपदेशमा येशूले यसो भन्‍नुभयो: ‘आफ्नो विषयमा चिन्ता गर्न छोडिहाल।’ (मत्ती ६:२५) हामी त्रुटिपूर्ण भएकोले र सैतानको संसारमा बाँचिरहेको हुनाले कहिलेकाहीं चिन्ता लाग्नु स्वाभाविकै हो। तर येशूले आफ्ना चेलाहरूलाई अचाक्ली चिन्ता नगर्न सिकाउँदै हुनुहुन्थ्यो। (भज १३:२) किन? किनभने चाहे दैनिक आवश्‍यकताकै विषयमा किन नहोस्‌, अनावश्‍यक चिन्ता गर्दा त्यसले हाम्रो ध्यान अन्तै मोड्‌छ र राज्यलाई पहिलो स्थान दिन हामीलाई झन्‌ गाह्रो हुन्छ। (मत्ती ६:३३) येशूले भन्‍नुभएका थप कुराहरूले हामीलाई अनावश्‍यक चिन्ता हटाउन मदत गर्छ।

म कस्ता कुराहरूबारे चिन्ता गर्न छोड्‌न चाहन्छु?