येशूले मानिसहरूलाई प्रेम गर्नुभयो
मत्ती अध्याय ८ र ९ मा येशूले गालीलको इलाकामा गर्नुभएको सेवाको कामबारे बताइएको छ। मानिसहरूलाई निको पार्नुहुँदा येशूले आफ्नो शक्ति प्रकट गर्नुभयो तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, उहाँले मानिसहरूप्रतिको आफ्नो प्रगाढ प्रेम र दया देखाउनुभयो।
-
१ येशूले एक जना कुष्ठरोगीलाई निको पार्नुभयो।—मत्ती ८:१-३
-
२ येशूले एक सैनिक अफिसरको नोकरलाई निको पार्नुभयो।—मत्ती ८:५-१३
उहाँले पत्रुसकी सासूलाई निको पार्नुभयो।—मत्ती ८:१४, १५
उहाँले मानिसहरूमा बास गरेका दुष्ट स्वर्गदूतहरूलाई निकाल्नुभयो र ती मानिसहरूलाई निको पार्नुभयो।—मत्ती ८:१६, १७
-
३ येशूले असाध्यै डरलाग्दा दुष्ट स्वर्गदूतहरूलाई निकाल्नुभयो र तिनीहरूलाई सुँगुरको बथानमा पठाइदिनुभयो।—मत्ती ८:२८-३२
-
४ येशूले पक्षाघात भएको एक जना मानिसलाई निको पार्नुभयो।—मत्ती ९:१-८
उहाँको लुगा छोएकी एक जना स्त्रीलाई उहाँले निको पार्नुभयो; अनि उहाँले याइरसकी छोरीलाई पुनर्जीवित पार्नुभयो।—मत्ती ९:१८-२६
उहाँले अन्धाहरूलाई र गुँगोलाई निको पार्नुभयो।—मत्ती ९:२७-३४
-
५ हर प्रकारका रोगबिमार निको पार्दै येशू सहर-सहर र गाउँ-गाउँ जानुभयो।—मत्ती ९:३५, ३६
म आफू वरपरका मानिसहरूलाई कसरी अझ धेरै माया र दया देखाउन सक्छु?