येशूले स्फूर्ति दिनुभयो
‘मेरो जुवा सजिलो छ’
सिकर्मीको रूपमा काम गरेको हुनाले येशूलाई जुवा कसरी बनाउनुपर्छ भनेर राम्ररी थाह थियो। बोक्ने मान्छेलाई सजिलो होस् भनेर सायद त्यसमा कपडा वा छाला बेरिन्थ्यो। बप्तिस्मा गर्दा हामीले येशूको चेला बनेर उहाँको जुवा बोक्न राजी भएको कुरा देखाइरहेका हुन्छौं। हुन त येशूको जुवा बोक्नुमा चुनौतीपूर्ण काम र जिम्मेवारीहरू पूरा गर्नु समावेश छ तर उहाँको जुवा बोक्दा हामी स्फूर्ति पाउँछौं र थुप्रै आशिष् पाउँछौं।
येशूको जुवा बोक्न थालेदेखि तपाईंले कस्ता आशिष्हरू पाउनुभएको छ?