सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

वृद्ध स्त्रीहरूलाई आमालाई जस्तैगरि अनि युवतीहरूलाई बहिनीलाई जस्तैगरि व्यवहार गर्नुहोस्‌

वृद्ध स्त्रीहरूलाई आमालाई जस्तैगरि अनि युवतीहरूलाई बहिनीलाई जस्तैगरि व्यवहार गर्नुहोस्‌

बाइबलमा हामीलाई वृद्ध दाइदिदीहरूलाई आमा र बुबालाई जस्तैगरि अनि युवायुवतीहरूलाई आफ्नो भाइबहिनीलाई जस्तैगरि व्यवहार गर्न भनिएको छ। (१ तिमोथि ५:​१, २ पढ्‌नुहोस्‌।) भाइहरूले विशेषगरि बहिनीहरूलाई मर्यादा अनि आदरका साथ व्यवहार गर्नुपर्छ।

भाइहरू बहिनीहरूसित बेमतलबले जिस्किने वा उनीहरूलाई अप्ठ्यारो महसुस हुने कुनै पनि कामकुरा गर्दैनन्‌। (अयु ३१:१) कुनै अविवाहित भाइको विवाह गर्ने मनसाय छैन भने तिनले कुनै अविवाहित बहिनीसित रोमान्टिक सम्बन्ध गाँस्न चाहेजस्तो गरी उनको भावनासित खेलबाड गर्ने छैनन्‌।

दिदीबहिनीहरूले आदरपूर्वक प्रश्‍न सोध्दा अनि ध्यान दिनुपर्ने कुनै विषय औँल्याउँदा एल्डरहरूले बेवास्ता गर्नुहुँदैन। विशेषगरि एल्डरहरूले पति नभएका दिदीबहिनीहरूको ख्याल राख्नुपर्छ।—रुथ २:​८, ९.

मण्डलीमा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌—विधवा र अनाथहरूलाई भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • मण्डलीका भाइबहिनीहरूले के-कस्ता उल्लेखनीय तरिकामा बहिनी माइन्टलाई प्रेम गरेको देखाउनुभयो?

  • भाइबहिनीहरूले देखाउनुभएको प्रेमले गर्दा गाउँका मानिसहरूले कसरी राम्रो साक्षी पाए?

  • भाइबहिनीहरूले देखाउनुभएको प्रेमले बहिनी माइन्टका छोरीहरूमा कस्तो प्रभाव पाऱ्‍यो?

तपाईँ मण्डलीका दिदीबहिनीहरूलाई के-कस्ता व्यावहारिक तरिकामा ख्याल राखेको देखाउन सक्नुहुन्छ?