ख्रिष्टियन जीवन
सेप्टेम्बर महिनामा बाइबल अध्ययनहरू सुरु गर्ने विशेष अभियान
सेप्टेम्बर महिनामा हामी सबैले आफूले भेट्ने प्रत्येक घरधनीलाई बाइबल अध्ययनको प्रस्ताव राख्न कोसिस गर्नेछौँ। यसो गर्न हामी सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका प्रयोग गर्नेछौँ। यो महिना प्रकाशकहरूले ३० घण्टे सहायक अग्रगामी सेवा गर्न सक्नेछन्। यस विशेष अभियानमा हामी कसरी भाग लिन सक्छौँ?
-
पहिलो भेटमा: यस पुस्तिकाको अन्तिम पाना प्रयोग गरेर घरधनीको चासो जगाउने कोसिस गर्नुहोस् अनि बाइबल अध्ययन कसरी गरिन्छ, देखाउनुहोस्। यस विशेष अभियानमा तपाईँका पुनःभेटहरू अनि पहिला चासो देखाएका व्यक्तिहरूलाई फेरि भेट्ने कोसिस गर्नुहोस्। तिनीहरूले पहिला बाइबल अध्ययन गर्न इन्कार गरेको भए तापनि तिनीहरूलाई यो नयाँ पुस्तिका र बाइबल अध्ययन गर्ने नयाँ तरिका मन पर्न सक्छ। यो पुस्तिका बाइबल अध्ययन गर्न चासो देखाएका व्यक्तिहरूलाई मात्र दिनुहोस्, जो-कोहीलाई नबाँड्नुहोस्। जस्तै: घरमा मानिस भेटिएन भने यो पुस्तिका नछोड्नुहोस् अथवा पत्र लेखेर कसैलाई साक्षी दिँदै हुनुहुन्छ भने पनि खामभित्र यो पुस्तिका नराख्नुहोस्। यस महिना मण्डलीको सेवा समितिले साबिकभन्दा धेरै पटक क्षेत्र सेवाको सभाको प्रबन्ध मिलाउन सक्छन्।
-
अरू मौकाहरूमा: तपाईँको मण्डलीले साहित्य ट्रली प्रयोग गर्छ भने त्यसमा यो पुस्तिका पनि राख्नुहोस्। यो पुस्तिका लिन इच्छुक व्यक्तिहरूलाई निश्शुल्क बाइबल अध्ययन पनि गर्न सकिन्छ भनेर बताउनुहोस्। तिनीहरूलाई बाइबल अध्ययन कसरी गरिन्छ भनेर त्यतिखेरै छोटकरीमा देखाउनुहोस् अथवा पछि देखाउने प्रबन्ध मिलाउनुहोस्। सेवा निरीक्षकले योग्य प्रकाशकहरूलाई व्यापारिक इलाकामा गएर बाइबल अध्ययनको प्रस्ताव राख्न खटाउन सक्छन्। तपाईँ आफ्ना सहकर्मीहरूलाई अथवा अनौपचारिक साक्षीकार्यमा भेटेका व्यक्तिहरूलाई पनि बाइबल अध्ययनको प्रस्ताव राख्न सक्नुहुन्छ।
येसुले हामीलाई यस्तो आज्ञा दिनुभएको छ: ‘मानिसहरूलाई चेला बनाओ र तिनीहरूलाई सिकाओ।’ (मत्ति २८:१९, २०) यस विशेष अभियानको दौडान सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! प्रयोग गरेर हामी सबैले यो लक्ष्य हासिल गर्न सकौँ!